ghar sansar

एमाले प्रदेश अधिवेशन : अध्यक्षमा चार जनाको उम्मेदवारी, साँझ ५ बजेदेखि मतदान

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज साँझ ५ बजे तोकिएको मतदानका लागि प्रदेश कमिटीका निवर्तमान उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश कमिटी सचिवालय सदस्य एवम् पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचन बहादुर सिंहले प्रदेश अध्यक्षमा उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् ।

अध्यक्षका चार उम्मेदवार बाहेक साउँद बाहेक अन्य तीन जनाले यस अघि अध्यक्षको आकाँक्षा घोषणा गरेका थिए । साउँदले निर्वाचन प्रक्रिया सुरु भएपछि उम्मेदवारी दर्ता गराएका हुन् ।

,orning glory badhai

प्रदेश अधिवेशनको लागि अध्यक्ष सहित ५ पदाधिकारी पदमा २३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा चार जना, उपाध्यक्षमा ७, सचिवमा ४ र उपसचिवमा ९ जना छन्। ९ मध्ये ३ जना महिला छन् ।

निर्वाचन कमिटीका अनुसार अध्यक्ष कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ। उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ।

सचिवमा भने रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी, जीवनकुमार बम छन् भने उपसचिव (महिला ) तर्फ भागरथी विष्ट कन्दकला कुमारी राना र अर्चना गहतराज तथा उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट छन्।

dirghayi clinic

तिमल्सिना, जैसी र साउद अछामका हुन् भने सिंह कञ्चनपुरका एमाले नेता हुन् । आज बिहान ७ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए ।

उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ बजेदेखि मतदान सुरू गर्ने निर्वाचन समितिको तयारी छ ।

अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएपनि नेतृत्वका आकांक्षीबीच सहमति खोज्ने प्रयास भने जारी रहेको एमालेका एक नेताले जानकारी दिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन सर्वसम्मत प्रदेश कमिटी बनाउन महासचिव पोखरेललाई जिम्मा दिएर फर्किएका थिए । महासचिव पोखरेलले बन्द सत्र सुरु नगरी दुई दिनसम्म सहमतिको प्रयास गरेका थिए ।

प्रदेश अध्यक्षमा जैसी र तिमिल्सिनाले अन्तिमसम्म दावी नछाडेपछि सहमति नभएर निर्वाचन प्रक्रिया थालिएको हो । प्रदेश अध्यक्षका उम्मेदवार जैसीलाई एमाले पोलिटब्युरो सदस्य कर्ण थापा र तिमिल्सिनलाई एमाले केन्द्रीय सचिव लेखराज भट्ट र निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारी गुटले साथ दिएको छ ।

एमालेका पूर्व उपाध्यक्ष भीम रावलले थापा समूहलाई सहयोग गर्ने जानकारी बाहिर आएका छन् । रावल समूहका ५० प्रतिनिधि हुन सक्ने बताइएको छ ।

उनलाई प्रदेश अधिवेशनमा आमन्त्रण नगरिएपछि उनी समर्थक कार्यकर्ताले उद्घाटन सत्रमा खोजी गरेका थिए । प्रदेश अधिवेशनका सबै जिल्लाका ६ सय ७५ प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...