ghar sansar

सुदूरपश्चिममा एमाले महासचिव पोखरेलको गुटमा फुट, लेखराज भट्ट र दामोदर भण्डारीका छुट्टाछुट्टै उम्मेदवार

khasi

महेन्द्रनगर । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा छताछुल्ल भएको छ। प्रदेश अधिवेशनमा एमालेका केन्द्रीय नेताका समूह पिच्छे उम्मेदवार खडा भएका छन् ।

दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेपछि एमालेको राजनीतिमा उनी पाखा परेका छन्। पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्रमा उनलाई बोलाइएन ।

पहिलो प्रदेश अधिवेशनको बन्दसत्रमा आइपुग्दा एमाले सुदूरपश्चिममा स्पष्टै तीन धार देखिएको छ। पहिलो धारको नेतृत्व कर्ण थापाले गरेका छन्। उनको समूहबाट अछामका कृष्णप्रसाद जैसीले उम्मेदवारी दिएका छन्। जैसी अछामका पूर्वजिविस सभापति हुन्। जैसीका पक्षमा केन्द्रीय सदस्य नारदमुनि राना, निरूदेवी पाल, गौरी वली, ऐन महर, नरबहादुर धामी लगायतको साथ देखिन्छ।

dirghayi clinic

दोस्रो धारको नेतृत्व दामोदर भण्डारीले गरेका छन्। प्रदेशका निवर्तमान अध्यक्ष उनले अछामकै कमल तिमिल्सिनालाई अध्यक्षका रूपमा उम्मेदवारको रूपमा अघि सारेका छन्।

निवर्तमान कमिटीका उपाध्यक्ष रहेका उनलाई केन्द्रीय सदस्य झपट रावल, दयालबहादुर शाही, प्रकाश शाह, तारा लामा तामाङ, राजेन्द्रसिंह रावल, लीला भण्डारी, गणेशसिंह ठगुन्ना, कमला बोहोरा, लालबहादुर थापा, आशा बिक, पुरनसिंह दयाल, अखिलाल ओखेडा लगायतको समर्थन देखिन्छ।

यो समूहलाई भित्रभित्रै भीम रावलले पनि सघाइरहेका छन्। भीम रावल समूहका ५० प्रतिनिध भएको नेताहरु बताउँछन् । 

पूर्वमाओवादी धारको नेतृत्व गरेका लेखराज भट्टले अध्यक्षमा केपी ओली निकट केही नेतालाई साथ लिएर बचन बहादुर सिंहलाई अघि सारेका छन् । उनको टिममा गौरीशंकर चौधरी लगायत पूर्वमाओवादी नेताहरू पनि छन् ।

 

 

Himal dental
सम्बन्धित
Loading...