ghar sansar

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षका उम्मेदवार सिँह भन्छन्– सहमति एमालेलाई पहिलो पार्टी बनाउन कोशेढुङ्गा साबित हुनेछ

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षका उम्मेदवार बचन बहादुर सिंहले प्रदेश कमिटी सर्वसम्मत बनाउने सहमति आगामी निर्वाचनमा एमालेलाई ठूलो पार्टी बनाउन कोषढुङ्गे हुने विश्वास व्यक्त गरेका छन् ।

dirghayi clinic

धनगढीमा पाँच दिनदेखि जारी एमाले प्रदेश अधिवेशनमा प्रदेश कमिटी सर्वसम्मत बनाउने सहमति भएपछि सिँहले आफ्नो उम्मेदवारी फिताए लिएर सहमति चुनावमा ठूलो पार्टी र पार्टी संगठन सुदृढीकराणका लागि कोषेढुङ्गे हुने बताएका हुन् ।

,orning glory badhai

सिंहले अध्यक्षमा उम्मेदवारी दिएका थिए । उनलाई एमाले केन्द्रीय सचिव लेखराज भट्ट समूहले साथ दिएको थियो ।

‘पार्टीका श्रद्धेय अध्यक्ष राजनेता केपि शर्मा ओली र पार्टीमाथि आन्तरिक र बाह्य रुपमा चौतर्फी घेराबन्दी र आक्रमण भईरहेको अवस्थामा पार्टीको बृहत्तर हितका लागि मेरा व्यक्तिगत ईच्छा र आकाँक्षाहरुलाई थाँती राख्दै सहमति र सहकार्यलाई व्यवहारमै लागू गर्नका लागि आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु’ सिहले आफ्नो फेसबुकमा भनेका छन्,‘२०८४ मा हुने तिनै तहको निर्वाचमा सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापना गर्न र सङ्गठन सुदृढीकरणका लागि यो सहमति कोशेढुङ्गा साबित हुनेछ भन्ने बिश्वास लिएकोछु साथै आगामी दिनहरुमा पनि पार्टिले सहमतिको सँस्कार अङ्गिकार गरोस भन्ने कामना पनि ब्यक्त गर्दछु ।’

Himal dental
सम्बन्धित
Loading...