एमालेको सुदूरपश्चिम उपाध्यक्षमा बाजुराका शाही निर्विरोध निर्वाचित

lotus institute

महेन्द्रनगर । नेकपा एमाले सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा बाजुराका काली बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका उम्मेदवार बलदेव रेग्मी, हजारीसिंह साउद, रणबहादुर महराले उम्मेदवारी फिर्ता लिएपछि कालीबहादुर शाही सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्षमा मनोनयन दर्ता गराएका वचनबहादुर सिंह र कमलप्रसाद तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन कमिटीको कार्यालयले सिंह र तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।

morning glory
Mahendranagar

नेताहरूका बीचमा अछामका कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भए पनि अछामकै भरत साउदको उम्मेदवारी कायम छ। साउदसँग अहिले संवाद भइरहेको छ ।

सचिव पदका उम्मेदवार जीवन बम र उपसचिव पदका उम्मेदवार पल्लभराज भट्टले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

अध्यक्षमा जैसी, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी नेताहरू छलफलमा छन् ।

saark school
सम्बन्धित
Loading...