ghar sansar

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा भीम रावल समूहको बार्गेनिङ्ग, उप सचिवको अडानले सहमति अनिश्चित

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीमबहादुर रावललाई देखाएर नेता झपट रावलले उपसचिव पदमा बार्गेनिङ गरिरहेको आरोप लागेको छ । झपटकै उक्साहटमा लागेर अध्यक्षमा उम्मेदवारी दिएका संविधानसभा सदस्य तथा अछामका पूर्व अध्यक्ष भरत साउदले उम्मेदवारी फिर्ता लिन तयार भएका बेला रावलले दबाब दिइरहेका एक नेताले बताए ।

रावलले उपसचिवमा भीम रावलको कोटाबाट भन्दै उपसचिवमा साउदकै प्यानलमा रहेका कञ्चनपुरका नरबहादुर बिकलाई अघि सारेका छन् । उनले सचिव पदका उम्मेदवार रतन रेग्मीलाई पनि उम्मेदवारी फिर्ता नलिन दबाब दिइरहेका छन् ।

dirghayi clinic

संस्थापन पक्षका उपसचिवका उम्मेदवारलाई उम्मेदवारी फिर्ता नलिए आफूले अध्यक्ष, सचिव र उपसचिवका उम्मेदवारको उम्मेदवारी यथावत् रहने बताइरहेका छन् । कतिसम्म भने रावलले अध्यक्षका उम्मेदवार साउद र सचिव रेग्मीको उम्मेदवारी फिर्ता लिने हस्ताक्षर सहितको फारम आफ्नो खल्तीमा राखेर नेताहरूलाई धम्क्याइरहेका छन्। यस्तै बार्गेनिङ गर्न रावल पक्षले ९ वटै जिल्लामा प्रतिनिधिमा पनि भागबन्डा खोजेका थिए ।

जसका कारण सहमतिको प्रयासले अन्तिम रूप लिएको छैन भने निर्वाचन प्रकृिया लम्बिएको छ। अध्यक्षमा उम्मेदवारी दिएका अछामका कृष्णप्रसाद जैशीको नाममा सहमति गर्नेगरी नेताहरूले कमल तिमिल्सिना र वचनबहादुर सिंहको उम्मेदवारी फिर्ता गराएका छन् ।

नेता भीम रावल निकट मानिने साउदले उम्मेदवारी फिर्ता लिए पदाधिकारी सर्वसम्मत चयन हुनेछन्। त्यसका लागि संस्थापन पक्षले उपसचिव साउदलाई दिनु पर्नेछ। संस्थापन पक्षका नेताहरू साउदबाट आएको प्रस्तावका विषयमा छलफलमा जुटेका छन् ।

तर यता झपटले भने बार्गेनिङ नभएको र सबै पदाधिकारीमा सहमति भैसकेको बताए। पदाधिकारीसहितमा सहमति भएकोले केही समयले सबै कुरा टुंगिने उनको भनाई छ।

Himal dental
सम्बन्धित
Loading...