रोजगारी देऊ सरकार

भारतमा ज्याला मजदुरी गरेर घर फर्किरहेका नेपाली कामदार बाटोमै लुटिएका छन् । यसरी भारतमा ज्याला मजदुरी गरेर घर फर्किरहेका नेपाली कामदार बाटोमै लुटिने गरेको वर्षौ भइ सकेको छ । विगतका हल्द्धानी नैनीतालबमट आउने कामदारहरु बवनबासाको आसपासमा लुटिने गरेको पाइन्थ्यो भने अहिले भारत उत्तराखण्डको हरिद्वारमा लुटि नेपालीहरु लुटिने गरेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ च गाउ“का २१ वर्षीय सुशान्त तामाङ र २३ वर्षीय दिनेश तामाङ हरिद्धारमा लुटिएका छन् ।

लुटिएका दुवै जनालाई सीमा नाका गड्डाचौकी रहेको सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने खर्च दिएर पठाएको छ । नागरिक सहायता कक्षका कर्मचारीका अनुसार दसैंका अवधिमा यसरी हरिद्वारमै लुटिएका ५ जना नेपाली कामलार पुगेका छन् । पाँच वर्ष प्रदेश सरकारका मुख्यमन्त्री रहनु भएका त्रिलोचन  भट्टले आपूले भारतमा मजदुरी गरि सकेकोले मजदुरको पीडा आफूलाई राम्रोसंग थाहा भएकोले स्वदेशमै रोजगारी सृजना गर्ने सस्तो र लोकप्रिय नारा लगाएर पाँच वर्ष मुख्यमन्त्रीको कुर्सीमा बसेर विदा भएका छन् र उनको ठाउमा अर्का मुख्यमन्त्री भर्ति भएका छन् ।

सुदूरपश्चिमका जनका लागि जुन जोगी आए पनि कानै चिरेको भन्ने भएको छ । जनताका समस्या जहाको त्यहि छन् । सुदूरपश्मिेली जनताको कामको खोजीमा भारत जानु र केही कमाएर ल्याएको पैसा बाटोमै लुटिनु नियति नै बनेको छ । संघियता आएपछि सिंहदरबारको सरकार घर दैलोमै हुने र जनताका गास, बास कपासका समस्या समाधान हुने भनिएको थियो । तर संघियताले जनताका समस्या समाधान नगरेर जनतालाई आर्थिक भार कमत्र थुपार्ने काम गरेको छ ।

सुदूरपश्चिमेली जनता कामको खोजीमा भारत जानु रहर नभएर बाध्यता हो । स्वदेमा रोजगारी नपाएपछि भारत मात्र नभएर खाडी मुलुकको लगायतका देशहरुमा नेपालीहरुको गन्तव्य बन्न पुगेको छ । हजारौ नेपाली आप्mनो मुलुकमा काम नपाएर विदेशीन बाध्य हुनु परेको पीडा एकातिर छ भने अर्काको देशमा रगत पसिना बगाएर कमाएको पैसा घर नपुग्दै बीच बाटोमै लुटिए पछिको पीडाको अनुमान गर्न सकिदैन । घरदैलोमा सरकार होइन चाहिएको घरदैलोमा राजगारी चाहिएको छ । सरकार जतासुकै भए पनि केही फरकपन जब जनताले घरमै रोजगारी पाउने हो भने । त्यसैले जनतालाई दैलोमै सरकार चाहिएको होइन । घरदैलोमै रोजगारी चाहिएकोले सहायता कक्ष राखेर सहायता होइन सहायता गर्नु पर्ने अवस्थाको अन्त्य हुने पर्छ ।

सम्बन्धित
Loading...