

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ५ का पूर्व वडा अध्यक्ष किसन सिह भण्डारीको निधन भएको छ । काँग्रेसका पूर्व वडा सभापति समेत रहेका भण्डारीको आइतबार दिउँसो निधन भएको हो ।

भण्डारी २०४९ को निर्वाचनमा उनी साविक चाँदनी गाविस वडा नं. ५ मा वडा अध्यक्ष निर्वाचित भएका थिए । उनी काँग्रेसमा सरल र इमान्दार नेताको रुपमा परिचित थिए ।

काँग्रेस कञ्चनपुरका सह सचिव नाफ सिह साउँले सोमबार विहान महाकाली नदीमा भण्डारीको अन्तिम संस्कार गरिने जानकारी दिएका छन् ।

