ghar sansar

माओवादी केन्द्रका प्रदेश साँसद विकलाई सामाजिक सम्मान प्रदान

janjyoti campus

महेन्द्रनगर । डा. यादव प्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मी विकलाई अर्थशास्त्री एवम् पूर्व अर्थमन्त्री तथा राजदुत डा. यादव प्रसाद पन्तको ९९ जन्म जयन्तीको अवसरमा सामाजिक सम्मान प्रदान गरेको छ । जन्म जयन्तिको अवसरमा आयोजना गरिएको अभिनन्दन तथा सम्मान कार्यक्रममा विकलाई सम्मान गरिएको छ ।

dirhayu

टेवा नेपालको सहयोग यो सस्थाले दार्चुला जिल्लाका वाढी पहिरो पीडितहरुलाई खाद्यान्न, गर्भवती महिलालाई न्यानो कपडा,बालबालिकालाई स्टेशनरी पोशाक लारगायतका राहत सामाग्री वितरण गरि प्राकृतिक प्रकोपमा समेत उल्लेखनीय कार्य गरे बापत डा. पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले संस्था तथा त्यसको नेतृत्व गर्ने लक्ष्मी विकलाई नगद २५ हजार हजार तथा सम्मान पत्र सहित समाजिक सम्मान गरेको प्रदेश सभा सासद विकको सचिवालयले जनाएको छ ।

western public academy

विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय विक सामाजिक विभेद, असमानता, छुवाछुत लैगिक विभेद, अन्यायका विरुद्ध निरन्तर अवाज उठाउँदै आएकी छन् । अनेरास्ववियु ( छैठौं ) को सदस्यता लिई राजनीतिमा होमिएकी उनी सुदूरपश्चिम प्रदेशमा विद्यार्थी राजनीतिमा जिल्ला अध्यक्ष हुने पहिलो दलित महिलाको पहिचाना पनि बनाएकी छन् । उनी नेकपा माओवादी केन्द्रका सदस्य तथा दार्चुला जिल्ला ईन्चार्ज छन् ।

जातीय तथा लैगिक विभेदको दोहरो उत्पीडन, विभेद, छुवाछुत र वहिष्करणमा परेका दलित र सीमान्तीकृत महिलाहरुको हक अधिकारका आर्थिक समाजिक र राजनीतिक सशक्तीकरणका दलित महिला संघ दार्चुला नामक संस्था जिल्ला प्रशासन दार्चुलामा दर्ता गरि स्थापना भएको समाजिक संस्थाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वय सहकार्य र सहयोगमा दलित गरिव विपन्न महिलाहरुको शशक्तीकरण, क्षमता तथा नेतृत्व विकास, जिविकोपार्जन, समाजिक सचेतना, राजनीतिक सहभागीताका क्षेत्र उल्लेखनीय काम गर्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...