पप्पु गुरुङ्ग
महेन्द्रनगर । लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान. अन्तर्गत माईती नेपाल पश्चिमी सीमा नाका गड्डाचौकीमा सचेतनामुलक कार्यक्रम गरेको छ् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान– २०८० को अवसरमा सीमा नाकामा कार्यक्रम गरिएको छ ।
लैगिंक हिंसा अन्त्यको सुनिश्चता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता तथा हिंसा नगरौं, हिंसान सहेर नबसौं र हिंसा भएको देखेमा प्रतिकार गरौं नारा सहित माईती नेपाल कञ्चनपुरको आयोजना र नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानियबासी तथा बिभिन्न संघ–संस्थाको समन्वयमा कार्यक्रम गरिएको छ ।
माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले सीमा नाकामा आवतजावत गर्नेहरुलाई लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको बारेमा जानकारी गराउँदै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सचेत गराएको बताइन् ।
नेपालमा लैङ्गिक हिंसाका कारण र मानब बेचबिखनको अवस्था र पीडितको उद्दार र पुनस्थापनामा माईती नेपालको भुमिका बारे माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी गराएका थिए ।
महिला र पुरुष बिचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न र १६ दिने अभियानको उद्देश्य पुरा गर्नको लागि सबै आ–आफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने धारणा माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले ब्यक्त गरेका छन् ।