ghar sansar

सुदूरपश्मिचम सरकारको ब्याज अनुदानमा पहुँचवालाको हालीमुहाली

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले कृषि ज्ञान केन्द्रहरु मार्फत कार्यान्वयन गरि रहेको ब्याज अनुदान कार्यक्रमबाट गैर किसान लाभावान्तित भएको आरोप लागेको छ ।

व्यवसायिक किसानलाई कृषि ऋण व्याज अनुदान कार्यक्रम अनुसार सम्बन्धित कृषकले व्यावसायिक कार्ययोजना अनुसार कुनै पनि बैंकको ऋण स्वीकृत गराएपछि दिइने अनुदानमा रजनीतिक दलका कार्यकर्ता तथा पहुँचवालाको हाली मुहाली भएको किसानहरु आरोप लगाउँछन् ।

केही दिन अघि भीमदत्त नगरपालिका ६ का सुरेन्द्र बहादुर चन्दले आफूले ज्ञान केन्द्रका कर्मचारीलाई १० हजार घुस दिन नसकेका कारण आफूले ब्याज अनुदान नपाएको सार्वजनिक कार्यक्रममा दुखेसो पोखेका थिए ।

dirghayi clinic

ज्ञान केन्द्रको ब्याज अनुदानमा बैंकबाट ऋण लिएर केरा खेती गरेका उनी अहिले भर्मिङ्ग कम्पोष्ट मल उत्पादन गरी ब्याज तिर्दै आएका छन् । चन्दले लगाएका एक् हजार एक सय केरा रोग लागेर बिग्रेपछि उनलाई ब्याज अनुदान रोकिएको थियो । चन्दले आफूसितै अनुदान लिएर विदेश भएकालाई पनि ब्याज अनुदान दिएको दुखेसो पोखेका थिए ।

सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षमा किसानका लागि ल्याएको शून्य ब्याजदरमा ऋण कार्यक्रम कार्यान्वयन लैजान आकाकानी गरिएको छ । सरकारले बजेट मार्फत कार्यक्रम घोषणा गरी त्यसका लागि कोष बनाएुर चार करोड बजेट राखि सकेको छ ।

गत जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शून्य ब्याजदरमा ऋण दिने उल्लेख गरेका थिए। त्यस अनुसार सरकारले प्रदेश कृषि व्यवसाय प्रवद्र्धन कोष स्थापना गर्ने र सोही कोषमार्फत शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममा उल्लेखित कार्यक्रम कार्यान्वयनको लागि आफूले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई निर्देशन दिएको बताउँदै आएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यक्रमका लागि प्रदेश कृषि व्यवसाय प्रवद्र्धन कोष स्थापना स्थापना गरिएको बताएको छ। यसका लागि कोषमा हाल ४ करोड बजेट राखिएको भए पनि कार्यान्वयन भने हुन सकेको छैन् ।

Himal dental
सम्बन्धित
Loading...