Sarsoti

८ दलको संयुक्त विज्ञप्ति आएपछि राप्रपाका भीमदत्त नगर अध्यक्ष पालले भने– सामना गरेर पनि शालिक राखिन्छ

lotus institute

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्री पार्टीले अवरोधको सामाना गरेर पनि स्मारक क्षेत्रमा राजा महेन्द्रको शालिक पुनस्र्थापित गरिने बताएको छ ।

Mahendranagar

राप्रपाका भीमदत्त नगर अध्यक्ष करन सिह पालले शालिक राख्न अवरोध नहुने र अवरोध भएमा सामना गरेर पनि राखिने बताएका हुन् । ‘अवरोध हँुदैन, हामीलाई विश्वास छ अवरोध नै भए सामना गरिन्छ’ उनले भने । 

morning glory

राप्रपाले मंसिर २८ गते स्मारक क्षेत्रमा राजाको शालिक पुनस्र्थापित गर्ने तयारी गरेपछि विभिन्न ८ राजनीतिक दलले संविधान र व्यवस्था विपरित शालिक राख्न लागिएको भन्दै रोक्न स्थानीय प्रशासन र भीमदत्त नगरपालिकालाई आग्रह गरेका छन् ।

८ दलको विज्ञप्ति आएपछि राप्रपाका नगर अध्यक्ष पालले बाजागाजा सहित शालिक राखिने बताएका हुन् । उनले शालिक राख्ने कार्यमा सहयोगका लागि सबै नगर वासिन्दामा फेसबुकबाट आव्हान गरेका छन् ।

saark school
सम्बन्धित
Loading...