२०७७ जेठ १० गते रुकुम पश्चिममा एउटा जघन्य अपराधको घटना भयो । घटना निकै अमानवीय, पासविक मात्र नभएर जघन्य आपराधिक नै थियो । यो घटनामा साढे तीन वर्षअघि रुकुम पश्चिम चौरजहारी नगरपालिका सोती गाउँउमा नवराज सहित ६ जनाको हत्या भएको थियो । एउटा २१ वर्षे दलित परिवारको युवक र १७ वर्षीया ठकुरी परिवारकी युवतीबीचको माया पिरतीको सन्दर्भले यस्तो जघन्य पासविक घटना भएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ राना गाउँका २१ वर्षीय नवराज विक आप्mना साथीहरू लिएर मल्ल ठकुरी थरकी प्रेमिका भगाउन रुकुम पश्चिमको सोती गाउँ पुगेका थिए । त्यस क्रममा सोती गाउँका गैर दलित बासिन्दाले आक्रमण गरी नवराज सहित ६ जनाको हत्या गरेका थिए ।
केटाको समूह किशोरीको घरमा किशोरीकै अनुरोधमा गएका थिए । किशोरीले नै आफुलाई बन्दक बनाएकोले उद्धार गर्न आप्mनो प्रमीलाई आग्रह गरेपछि उद्धार गर्न र भगाएर विवाह गर्न किशोरको समुह त्यहा पुगेको थियो । किशोरीकहा ती युवाको समुह त्यहा पुग्नेवित्तिकै तथानाम तल्लो स्तरका गाली गलौचसहित किशोरीकी आमाले गाउँले समेत बोलाएर केटाको समूहलाई लेखेटदै पिट्न् थाले पछि कतिलाई घाइते बनाए भने ३ जनाको घटना स्थलमै मृत्यु भएको थियो । ३ जना भेरी नदीमा हाम फालेर बेपत्ता भएका थिए । घटनामा अन्य १२ जना घाइते भएका थिए । जातियताको नाममा यस्ता अमानविय र पासविक हत्या हुनुले मुलुकको संविधानलाई नै चुनौती दिएको मान्न सकिन्छ ।
सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको गरिएको सामूहिक हत्यामा रुकुम पश्चिम जिल्ला अदालतले यो प्रकरणमा मुछिएका २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खड्ग बहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालतले जानकारी दिएको छ । दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बर बहादुर मल्ल लगायत छन् । यसअघि नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन् । नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालक सहित ३४ जना विरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् ।
नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २÷२ वर्ष कैद र ५० हजार रुपैँया जरिवानाको फैसला भएको छ । नेपाली सामाजबाट जातीय विभेद हटाउन कानुनले मात्र प्रयाप्त नहुने भएको छ । जातीय विभेद गर्नेलाई कानुनी कारवाही गरेर मात्र सामाज परिवर्तन हुन सकदैन । हुन त सामाज परिवर्तनको ठेक्का लिएकाहरुले धेरै प्रगति गरेको, आमूल परिवर्तन भएको भन्दै डलरको खेति गरि नै राखेका छन् तर सामाज हिजोका भन्दा आज केहि फरक देखिनुमा डलरको मात्र भूमीका नभएर शिक्षामा सबै वर्ग समुदायको पहु“चका कारण भएको हो । अजै पनि हाम्रो सामाजमा जरा गाडेर बसेको धेरै कुप्रथाहरु विद्यमान छन् र तिनको निवारण गर्न सबैले लाग्नु जरुरी छ ।