
पूर्वाधारका हाकिमलाई साइडमा बोलाएर काँग्रेस साँसद विष्टले दिए पुल निर्माणको छिटो ठेक्का खोल्न निर्देशन
महेन्द्रनगर । काँग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले पूर्वाधार विकास कार्यालयका अधिकारीलाई पुल निर्माण हुने स्थलमा बोलाएर ठेक्का खोल्न निर्देशन दिएका छन् ।
प्रदेश सभा सदस्य विष्टले बेलडाँडी गाउँपालिका १ झर्नाखोला र वडा नं. ५ चौधर नदीमा बन्ने पुल क्षेत्र अनुगमनका क्रममा पूर्वाधार कार्यालयका प्रमुख योगेन्द्र बहादुर अधिकारी सहितलाई छिटो ठेक्का प्रक्रियामा जान निर्देशन दिएका हुन् ।
विष्टले पुन निर्माण क्षेत्र अनुगमन गर्ने भएपछि पूर्वाधार कार्यालयका प्रमुख अधिकार कार्यालयका प्राविधिक सहित कर्मचारी र निर्माण व्यवसायीलाई बोकेर पुल निर्माण स्थल पुगेका थिए । अनुगमनका क्रममा विष्टले जनतालाई सुविधाका लागि छिटो भन्दा छिटो पुल बनाउनु पर्नेमा जोड दिए ।
साँसद विष्टसँगै बेलडाँडी गाँउपालिकाका अध्यक्ष हरिशचन्द्र राना लगायतका जनप्रतिनिधि सहभागी थिए ।
