ghar sansar

दोधारा चाँदनीले सुदूरपश्चिमलाई नै समद्ध बनाउँछ– मन्त्री देउवा

Amity

महेन्द्रनगर । सुुदूपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले दोधारा चाँदनीले सुदूरपश्चिमलाई समृद्ध बनाउने बताएका छन् । दोधारा चाँदनी नगरपालिकाले आयोजना गरेको सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको तेस्रो कञ्चनपुर सम्मेलन–२०८० मा उनले दोधारा चाँदनी सुदूरपश्चिमको मुख्य नाका भएर सुदूरपश्चिमलाई समृद्ध बनाउने बाटोमा अघि बढेको बताएका हुन् ।

मन्त्री देउवाले दोधारा चाँदनीको विकासका लागि प्रदेश सरकार सधैं प्रतिवद्ध भएको उल्लेख गरे । ‘यस ठाउँको विकासका लागि हामी सधैं प्रतिवद्ध छौ, दोधारा चाँदनी सुदूरपश्चिमको प्रमुख नाकाका रुपमा विकास हुँदैछ’ उनले भने,सुख्खा बन्दरगाह बन्दैछ, हाम्रो छिमेकी राष्ट्रले बनाउँदैछ, महाकालीमा चार लेन पुल बन्दैछ’ उनले भने,‘सुदूरपश्चिमलाई समृद्ध बनाउने बाटोमा दोधारा चाँदनी अघि बढेको छ ।’

lotus institite

दोधारा चाँदनी सहित कञ्चनपुुर र तराई क्षेत्रमा बाढी र डुबानको समस्या भएको उल्लेख गर्दै उनले संघ सरकारले बर्सेनी विनियोजन गर्दै आएको बजेटले नियन्त्रण हुन नसकेको बताए । ‘प्रत्येक वर्ष संघ सरकारले नदी खोला नियन्त्रणका लागि बजेट दिन्छ, त्यसले नियन्त्रण हुन सकेको छैन, त्यो बजेट डुप्लिकेसन भएर आउँछ’ उनले भने । तराई क्षेत्रमा साना खहरे खोलाले पनि बर्सेनी समस्या पार्दै आएको मन्त्री देउवाको भनाई थियो ।

दोधारा चाँदनीको मेयर किशोर कुमाल लिम्बुको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना सहित विभिन्न स्थानीय तहका प्रमुख लगायतका सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकामा २०७८ मा पहिलो पटक गरिएपछि दोस्रो पुनर्वासमा गरिएको थियो । दिगो शहरी विकास, जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणका विविध विषयमा छलफल हुने तथा सम्मेलनमा यस वर्ष मुख्यतया तीन विषयमा छलफल हुने बताईएको छ् ।

सम्मेलनको पहिलो सत्रमा सबै पालिकाहरुमा ठूलो समस्याको रुपमा रहेको जंगली हात्तीले पु¥याईरहेको मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरणका उपायको बारेमा छलफल हुने कार्यक्रम राखिएको छ ।

छलफलको सहजीकरण मानव–हात्ती द्वन्द व्यवस्थापन विज्ञ जेडएसएल नेपालका डा. दिनेश न्यौपानेले गर्ने छन् । यस्तै गरी दोस्रो सत्रमा जलवायुजन्य विपदको जोखिम न्यूनीकरणका लागि सबैको लागि पूर्व सूचना विषयमा छलफल हुने छ् । यसको सहजीकरण आईएचएचआरका डा. सञ्जय देवकोटा, डीसीएका दिनेश गुरुङ लगायतले गर्ने छन् ।

विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्यव र सहकार्य तथा विपद जोखिम सुशासन सबलीकरण सम्बन्धमा छलफल हुने तेस्रो सत्रको सहजीकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख ऋषि राज आचार्य तथा गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञले गर्ने छन् ।

भीमदत्त नगरपालिकामा २०७८ मा पहिलो पटक गरिएपछि दोस्रो पुनर्वासमा गरिएको थियो । सम्मेलनमा दिगो शहरी विकास, जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणका विविध विषयमा छलफल हुने तथा सम्मेलनमा यस वर्ष मुख्यतया तीन विषयमा छलफल गरिएको छ ।

कार्यक्रममा मानव–हात्ती द्वन्द व्यवस्थापन विज्ञ जेडएसएल नेपालका डा. दिनेश न्यौपाने, जलवायुजन्य विपदको जोखिम न्यूनीकरणका लागि सबैको लागि पूर्व सूचना विषय सम्बन्धि डा. सञ्जय देवकोटा, डीसीएका दिनेश गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख ऋषि राज आचार्य तथा गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारील कार्यपत्र प्रस्तुत गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...