सुदूरपश्चिमै उत्कृष्ठ कारोबार गरेको भन्दै सुर्योदय बहुउद्देश्यीय सहकारीलाई सम्मान

महेन्द्रनगर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औ वार्षिक साधारण सभामा कञ्चनपुरका तीन सहकारी संस्था सम्मानित भएका छन् । कैलालीको धनगढीमा शनिबार सम्पन्न साधारण सभामा विभिन्न विधामा सहकारीलाई सम्मान गरिएको छ ।

कञ्चनपुरको सुर्योदय बहुउद्देश्यीय सहकारी संस्था लि.लाई बचत बाहेक र कैलालीको मनाङ्ग बचत थता ऋण गोदावरीलाई बचत विधामा सम्मान गरिएको छ ।

बैंकको महेन्द्रनगर र धनगढी शाखासित उत्कृष्ठ र नियमित कारोबार गर्ने सहकारीलाई सम्मान गरिएको छ । महेन्द्रनगर शाखासित उत्कृष्ठ कारोबार गर्ने झलारीको सृजनशिल बचत तथा ऋण सहकारी संस्था र बेदकोट नगरपालिका १० को इन्द्रेणी कृषि सहकारी संस्था लि.लाई सम्मान गरिएको छ ।

धनगढी शाखा अन्र्तगत उत्कृष्ठ कारोबार गर्ने सिद्धबाबा बचत तथा ऋण सहकारी संस्था लि. र र नियमित कारोबारमा संगम बहुउद्देश्यीय सहकारी संस्था लि. लाई सम्मान गरिएको छ ।

राष्ट्रिय सहकारी बैंक लि. महेन्द्रनगर शाखाका प्रमुख नविन क्षेत्रीले कार्यक्रममा सहकारीका पदाधिकारीलाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरिएको बताए ।

  

सम्बन्धित
Loading...