ghar sansar

दोधारा चाँदनीको भानु माविका आधा दर्जन बढी सिसिटिभी क्यामेरा चोरी, तीन जनाले चोर्दैै गरेको दृष्य देखियोे फुटेजमा

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकास्थित भानु माध्यमकि विद्यालयका आधा दर्जन बढी सिसिटिभी क्यामेरा चोरी भएका छन् । विद्यालयको प्रवेशद्वार र परिसरमा जडान गरिएका ९ क्यामेरा चोरिएका हुन ।

९ क्यामेरामध्ये ६ क्यामेरा शुक्रबार र तीन ओटा यस अघि चोरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर सिजालीले बताए ।

सिसिटिभी टिभी फुटेजमा तीन जनाले क्यामेरा चोरि रहेको देखिएको छ । विद्यालयले चोरी भएको प्रत्येक पटकको घटनामा प्रहरीलाई निवेदन सहित जानकारी गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...