सवारी दुर्घटनामा एक महिलाको मृत्यु, दुई जना घाइते

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

यात्रु बाहक म १ ख ९३५ नम्बरको बसले सुदुरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाइकललाई आइतवार बिहान ठक्कर दिएपछि शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ ।

अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाईते मोटरसाइकल चालक शिवराज अवस्थी (मृतकका श्रीमान) र १३ वर्षका बालकृष्ण अवस्थी उपचार पछि डिस्चार्ज भएका छन्। बस र बस चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित
Loading...