एमाले मेयरका उम्मेदवार बने पूर्व राजा अभिनन्दन समारोहको संयोजक

महेन्द्रनगर । नेकपा एमालेबाट गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मेयरको उम्मेदवार बनेका डा रामप्रसाद बस्याल पूर्व राजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रमको संयोजक बनेका छन् । पूर्व राजा शाहलाई पुस दोस्रो साता भैरहवामा अभिनन्दनका लागि बनाइएको मूल समिति संयोजकको जिम्मेवारी बस्यालले लिएका हुन् ।

शाह भैरहवा आउने हप्ता तोकिए पनि दिन भने अझै सम्म तोकिएको छैन । तर पूर्व राजलाई अभिनन्दन गर्नको लागि बैठक भेला आदि दैनिक जसो भएको संयोजक डा बस्यालले रातोपाटीलाई बताए । उनले भने, ‘मिति यकिन भएको छैन तर उहाँको भ्रमण छिट्टै हुन्छ ।’ त्यसमा मौसम हेरेर निर्णय गर्ने तयारी भएको बताए । भैरहवाको गल्लामण्डीको चौरमा पूर्व राजा शाहलाई अभिनन्दन गर्ने उनले खुलाए ।

बस्याल एमालेका पूर्व लुम्बिनी प्रदेश कमिटीका सल्लाहकार हुन् भने गत स्थानीय तहका निर्वाचनमा सिद्धार्थ नगरमा एमालेबाट नगरप्रमुख उम्मेदवार भए पनि नेपाली कांग्रेसका इस्तियाक अहमद खानसँग पराजित भएका थिए । डा बस्यालले आफूले एमाले नछाडेको र अर्को पार्टीको सदस्यता पनि नलिएको केवल राजाको अभियानमा यहाँ नेतृत्व मात्रै गरेको रातोपाटीलाई बताए ।

उनले देशमा धेरै राजाले खाइरहेको बेला एउटा अभिभावकत्व ग्रहण गर्दै राजा आउँछन् भने त्यसलाई मान्नु पर्ने बताए । उनले प्रजातन्त्र भने चाहिने खुलाए ।

साभार : रातो पाटी

सम्बन्धित
Loading...