ghar sansar

दोधारा चाँदनीमा यी वडा अध्यक्षले गरे ज्येष्ठ नागरिकबाट आशिर्वाद पाउने यस्तो काम

little buddha academy
khasi

पप्पु गुरुङ्ग
महेन्द्रनगर । दोधारा चाँदनी वडाको न्यानो कार्यक्रम अन्तर्गत वृद्ध वृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत वडामा बसोबास गर्ने ८० वर्ष माथिका ४४ जना बृद्धबृद्धाहरुलाई ब्लेङकेट र न्यानो टोपी वितरण गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका– १० का वडा अध्यक्ष चन्द्र बहादुर सिंहले शितलहरको बेला बृद्धबृद्धालाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको बताए । वडा कार्यालयमा गरिएको कार्यक्रममा वडा अध्यक्ष सिह सहित वडा सदस्यहरु पिंकी रावत, बब्ली सुनार, महाविर रोकाया, धन बहादुर थापा, सव–ईन्जिनियर भरत सिंह कार्की, वडा सचिव चन्द्र बहादुर चौधरी, सामाजिक परिचालिका शोनी क्षेत्री लगायत सहभागी भए ।

,orning glory badhai
dirghayi clinic

वृद्धवृद्धा सबैको अभिभावक भएकाले सबैले सम्मान गर्नु पर्ने बताउँदै वडा अध्यक्ष सिंहले सहयोग गर्न पाउँदा गौरबवान्तित भएको बताए ।

कार्यक्रममा सहभागी मध्य एक ८१ वर्षिय देउसे बुढाले गाँउ–गाँउमा स्थानिय सरकार आयो भन्थे, अहिले अनुभूति भएको बताएका छन् । कमजोर आर्थिक अवस्थाका बुढाले न्यानो ब्लेङकेट र टोपी वडाका जनप्रतिनिधीहरुले आफुहरुलाई सहयोग गरेको खुशी ब्यक्त गर्दै अशिष दिए ।

वडा सदस्य धन बहादुर थापाले वडाको न्यानो कार्यक्रमलाई आगामी दिनहरुमा समेत निरन्तरता दिदै आउने प्रतिबद्धता जाहेर गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...