ghar sansar

मुगुमा स्वास्थ्यकर्मीमाथि भएको जातीय विभेद घट्ना छानबिन गरी संलग्नलाई कारवाही गर्न पेशागत महासंघको माग

Amity

महेन्द्रनगर । पेशागत महासंघ नेपाल कञ्चनपुरले मुगुमा स्वास्थ्य कर्मचारीमाथि भएको जातीय विभेद तथा लैङ्गिक हिंसाको घट्ना छानबिन गरी संलग्नलाई कारवाही गर्न माग गरेको छ ।

महासंघको शुक्रबार बसेको बैठकले मुगुको सोरु गाउँपालिका ९ स्थित स्वास्थ्यर्की चौकीमा कार्यरत तुलसी कुमारी विकमाथि भएको जातीय विभेद घट्नाको भत्र्सना गर्दै संलग्नलाई कारावहीको माग गरेको हो ।

lotus institite

महासंघले स्वास्थ्यकर्मी विकमाथि भएको विभेदको घट्नामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ कार्य वाहक जिल्ला उपाध्यक्ष हर्क बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भट्ट लगायत पदाधिकारी, समितिका सदस्य सहभागी भए ।

 

Himal dental
सम्बन्धित
Loading...