ghar sansar

पेशागत महासंघ कञ्चनपुरका अध्यक्ष चार महिनादेखि सम्पर्क विहिन भएपछि उपाध्यक्षलाई कार्य वाहक जिम्मेवारी

little buddha academy
khasi

महेन्द्रनगर । पेशागत महासंघ नेपाल कञ्चनपुरका अध्यक्ष राजेन्द्र सिह विष्ट चार महिनादेखि सम्पर्कमा नआएपछि उपाध्यक्ष हर्क बहादुर चन्द कार्य वाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

महासंघको शुक्रबार बसेको बैठकले अध्यक्ष विष्ट भदौदेखि सम्पर्कमा नआएको र संगठनका गतिविधिमा सक्रिय नभएको भन्दै उपाध्यक्ष चन्दलाई कार्य वाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

,orning glory badhai
dirghayi clinic

महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भट्ट, नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्द, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कञ्चनपुरका अध्यक्ष प्रितिधिर भण्डारी लगायत सहभागी बैठकबाट चन्दलाई कार्यवाहक दिने निर्णय गरिएको छ ।

बैठकले महासंघका जिल्ला अध्यक्ष विष्टलाई सम्पर्कमा ल्याउन तथा महासंघ आवद्धता सम्बन्धि समन्वयका लागि एमाले जिल्ला कमिटी र महासंघ केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

बैठकले महासंघ र महासंघका गतिविधि सक्रिय बनाउन उपाध्यक्ष चन्दलाई कार्य वाहक जिम्मेवारी दिने निर्णय गरेको छ । बेलौरी नगरपालिका प्राविधिक विष्ट महासंघको जिल्ला अधिवेशनमा अध्यक्ष भएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...