सरकारसित गरिएका गुनासोमा चुपचाप बसेर लिखित भाषण गरी धनगढी फर्किए मन्त्री देउवा

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा सरकारसित गरिएका गुनासोको जवाफ नदिई धनगढी फर्किएका छन् ।

उदयदेब बहुउद्देयीय सहकारी संस्था लि. कञ्चनपुरको २५ औं साधारण सभा उद्घाटन समारोहमा प्रमुख अतिथि भएका मन्त्री देउवाको मन्तव्य अघि अतिथिहरुले शुभकामना मन्तव्य राख्दै सरकारी सहित विभिन्न समस्यालाई सरकारले नजर अन्दाज गरेको भन्दै आलोचना गरेका हुन् ।

janjyoti campus

कार्य व्यवस्ता देखाउँदै उद्घाटन समारोह नसकिँदै मन्तव्य राखेर बाहिरिएका मन्त्री देउवालाई केही अतिथिले प्रदेश सरकारले सहकारीको विकासमा वास्ता नगरेको गुनासो समेत गरेका थिए ।

कार्यक्रममा मन्त्री देउवाले मन्तव्य राख्न अघि कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम सिह भाट, राष्ट्रिय सहकारी विकास बैंक महेन्द्रनगर शाखाका प्रबन्धक नविन क्षेत्री, भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाल खरेलले शुभ कामना मन्तव्य राखेका थिए । उनीहरुमध्ये भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष खरेलले सरकारको चर्को विरोध गरेका थिए ।

नगर अध्यक्ष खरेलले सरकारका कारण आर्थिक मन्दी आएको र सरकारले विकास निर्माणमा खर्च गर्न नचाहेको अराोप लगाए । उनले निर्माण व्यवसायीको भुक्तानी दिन नसकेको, किसानलाई युरिया उपलब्ध गराउन नसकेको र उखुको समर्थन मूल्य समेत तोक्न नसकेको भन्दै मन्त्री देउवाकाका सामु आक्रोश पोखे । मन्त्री देउवालाई खरेलले पाँच सात दिनभित्र किसानलाई युरिया उपलब्ध गराउनु आग्रह गरे ।

‘गहुँमा युरिया हाल्ने समय भै सक्यो, अहिले अभाव छ, ५÷७ दिनमा उपलब्ध गराउन म मन्त्रीज्यूलाई आग्रह गर्छु’ उनले भने,‘मलखाद समेत पूर्ति गर्न नसक्ने सरकारले अरु के गर्न सक्छ त ।’

महाकाली नदीको चार लेन पुलमा बजेट नभएको भन्दै केही महिनादेखि ठेकेदारले काम रोक्दा मजदुरको बिचल्ली भएको उनले बताए । ‘अर्थमन्त्रीले मुद्रा सञ्जिति बढ्यो भन्नु हुन्छ, बैंकमा पैसा छ भन्नु हुन्छ, तल निर्माण व्यवसायीले काम गरेको पैसा पाएको छैन’ उनले भने,‘माथिबाट पैसा थुपारेर हुँदैनm तल प्रवाह नगरि राखिएको छ, त्यस कारण यो सरकारले नै आर्थिक मन्दी ल्याई रहेको छ ।’

कार्यक्रमका सञ्चालक उदयदेब सहकारीका प्रमुख कार्यकारी गणेश बहादुर चन्दले त्यस अघि मन्त्री देउवासित सहकारीलाई हेर्ने सरकारको दृृष्टिकोण सही नभएको दुखेसो पोखे । उनले सरकारका कानुन सहकारीमैत्री नभएकाले सहकारी संस्थाहरु बचत ऋणको कारोबार मात्रै गर्न बाध्य भएको गुनासो गरे ।

‘अहिले हामीले मिल सञ्चालन गरि रहो छौ, त्यो मिल कानुन अनुसार सञ्चालन गर्न सकिने अवस्था छैन, कम्पनी रजिष्टारमा दर्ता हुनु पर्छ , कृषि सम्बन्धि काम गर्दा यस्तो, शिक्षा सम्बन्धि काम गर्दा शिक्षा ऐनको कुरा आउँछ, स्वास्थ्य सम्बन्धि काम गर्दा स्वास्थ्य ऐनको कुरा आउँछ’ उनले भने,‘यसरी हेर्दा सहकारीले काम गर्दा ३६ ऐन वाधक छन्’ उनले भने,‘त्यस कारण बचत तथा ऋणको कारोबार गरि रहेका छौ, सहकारीको समाजवादको जग हो, त्यस कारण मन्त्रीज्यूले यसलाई सहज बनाई दिने कुरामा म आगह गर्छु ।’

उद्घाटनमा समारोहमा वक्ताहरुले राखेका गुनासा र आग्रह सबैलाई वेवास्ता गरी मन्त्री देउवा लिखित मन्तव्य वाचन गरी कार्यक्रमबाट निस्किएका हुन् । लिखित मन्तव्य वाचन गरेपछि मन्त्री देउवालाई मायाको चिनो प्रदान गरी विदाई गरिएको छ । उनले सहकारीको विकास, प्रवद्र्धन र विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने बताए ।

मन्त्री देउवा कार्यक्रमबाट निस्केपछि जिल्ला सहकारी संघका उपाध्यक्ष खगेश्वरी केसी, भलिबलका प्रशिक्षक जगदीश भट्ट, भीमदत्त नगरपालिका सहकारी शाखाका प्रमुख बिमला भाट लगायतले शुभ कामना मन्तव्य राखेका थिए ।

सहकारीको आमन्त्रणपछि पूर्वाधार विकास मन्त्री देउवा विहान महेन्द्रनगर आएका हुन् । उनी यस अघि मंसिर अन्तिम साता दोधारा चाँदनी नगरपालिकामा विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रममा प्रमुख अतिथि भएका थिए । दोधारा चाँदनीमा पनि उनी कार्यक्रम बिचमा मन्तव्य राखेर निस्किएका थिए ।

दोधारा चाँदनीमा पनि उनले आफू अघि बोलेका वक्ताले गरेको गुनासोको जवाफ नदिई लिखित मन्तव्य पढेका थिए । कार्यक्रममा केही वक्ताहरुले प्रदेश सरकार पहुँच र कमिसनका भरमा योजना बाँड्दै आएको गुनासो गरेका थिए ।

ghar sansar
सम्बन्धित
Loading...