

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा एमालेका दुई दिने प्रशिक्षण सुरु भएको छ । नेकपा एमाले केन्द्रिय लेखा आयोगका सचिवालय सदस्य ईश्वरी प्रसाद खरेलले प्रशिक्षण उद्घाटन गरेका छन् ।

एमाले दोधारा चाँदनी नगर कमिटी अध्यक्ष हरि सिंह धनाडीको अध्यक्षतामा कायक्रम गरी प्रशिक्षण उद्घाटन गरिएको छ ।


प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा इन्चार्ज कृपा राम राना, एमाले केन्द्रिय सल्लाहकार परिषद सचिवालय सदस्य गोविन्द कलौनी,सुदूपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्मा, एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढा ,जिल्ला उपचिव कर्ण चन्द,कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद डा. दिपक प्रकाश भट्ट लगायत नेता सहभागी भएका छन् ।

