
स्थानीय तहहरुले आप्mनो पालिकामा रहेको अनुत्पादक जनशक्तिलाई उत्पादनसंग जोडेर आय आर्जनको लागि बिभिन्न प्रकारका सीपमूलक तालिमहरु संचालन गर्ने गरेका छन् । दोधारा चाँदनी नगरपालिका १० का महिलाले गाउँ घरमा पाइने अमला, आम, बयर, कागती लगायतबाट अचार बनाउन सिकेका छन् । दोधारा चाँदनी नगरपालिका १० नम्बर वडा कार्यालयले आप्mनो वार्षिक कार्यक्रम अनुसार वडाका ४० जनालाई आचार बनाउने तालिम दिएको छ । यसैगरी स्वरोजगार बनाएर आयआर्जनसंग जोडन हरेक पालिकाले केही व्यक्ति समूह र संस्थालाई बिभिन्न खाले सीपमूलक तालिमहरु संचालन गर्ने गरेका छन् ।
तालिम जनजाती, दलित तथा विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरिने गरेको पाइन्छ । स्थानीय पालिकाले मात्र नभएर बिभिन्न संघ संस्थाहरुले पनि यस्ता तालिमहरु संचालन गर्दे आएका छन् । तर तालिम प्राप्त गरेका व्यक्ति, संस्था र समुहहरुले तालिम पछि कस्तो स्वोरोजगारमा लागेका छन् र स्वोरोजगारबाट उनीहरुले के कस्तो आय आर्जन गरि राखेका छन् त्यसबारे तालिम दिने निकायहरु अनविज्ञ देखिन्छन् । सा“च्चिकै सामाजिक परिवर्तनको लागि र जनतालाई आयआर्जनसंग जोडेर सम्पन्न बनाउने उद्देश्यले यस्ता तालिमहरु दिने गरेको हो भने तालिा प्राप्तहरुलाई स्वोरोजगारसंग जोडन के कस्तो चिजको आवश्यकता छ त्यसको पनि जोहो गर्नु पर्ने हुन्छ । स्थानीय पालिका होस वा अन्य संघ संस्थाहरु हुन उनीहरुलाई तालिम दिएर आप्mनो बायोडाटा मात्र बनाउने गरेको पाइन्छ ।
आप्mनो बायोडाटा बनाउन र सस्तो लोक प्रियताको लागि मात्र गरिने यस्ता तालिमहरुबाट जनताले कुनै उपलब्धी हासिल गर्न सक्दैन । जनतालाई सा“च्चिकै आर्थिक उन्नतिको लागि र आयस्तर उकास्नको लागि यस्ता तालिमहरु दिने गरिएको खण्डमा मात्र जनताको जीवनस्तर उकास्न सकिन्छ । तालिम दिइएकाहरुलाई स्वोरोजगारसंग जोडना अवश्यक पर्ने बिभिन्न प्रकारका सहयोगको आवश्यकता पर्ने हुन्छ । विपन्न भएकै कारण उनीहरुले आयआर्जनको बाटो अबलम्बन गर्न नसकेका हुन र उनीहरुलाई तालिम पश्चात चाहिले आर्थिक सहयोग पनि दिनु जरुरी हुन्छ । आर्थिक अभावका कारण तालिम प्राप्त गरेकाहरुले कुनै स्वोरोजगार अपनाएको देखिदैन ।
स्वोरोजगार गर्नका लागि चाहिने उपकरण किन्न आवश्यक कच्चा पदार्थ लगायत खरिद गर्न नसक्दा सीप सिकेको जनशक्ति पनि त्यसै खेर गएको पाइन्छ । सीप सिकाउने निकाय वा संस्थाले सिकेको सीपको सदुपयोग गर्नका लागि पनि सहयोग गर्नु जरुरी छ । यति उतिलाई तालिम दिएको भनेर लामो लिष्ट बनाउनु भन्दा तालिम दिएकाहरुलाई रोजगारीसंग जोडन आवश्यक पर्ने लागतको पनि व्यवस्थापन गर्नु पर्दछ । अनि मात्र यस्ता सीपमूलक तालिम दिएको औचित्य रहन्छ । विगत बर्षहरुमा तालिम दिइएको धेरैजसो जनशक्ति त्यतिकै खेर जाने र नया“हरुलाई फेरि तालिम दिइने त्यो पनि आर्थिक अभावमा त्यसै खेर जाने गरेको पाइन्छ । त्यसैले यस्ता तालिम दिने निकायले बरु थोरैलाई दिने र सम्पूर्ण सहयोग गरेर स्वोरोजगारसंग जोडन सक्नु पर्दछ ।
