Sarsoti

भीमदत्तमा माघ ७ गतेदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले माघ पहिलो साता राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिने भएको छ । भीमदत्त नगर खेलकूद समितिले शुक्रबार माघ ७ गतेदेखि राष्ट्रपति रनिङ्ग शिल्ड आयोजना गर्ने निर्णय गरेको हो ।

भीमदत्त नगर खेलकूद विकास समितिका अध्यक्ष शरद चन्दले बैठकबाट राष्ट्रपति रनिङ्ग शिल्ड आयोजना गर्ने निर्णय गरिएको बताए ।

morning glory

‘आजको नगर खेलकूद समितिको बैठकबाट माघ ७ गतेदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने निर्णय भएका छ,’ उनले भने,‘अब बैठकको निर्णय अनुसार तयारी अघि बढाउँछौ ।’

प्रतियोगितामा भीमदत्त नगरपालिकाका सबै सामुदायिक र संस्थागत विद्यालयले भाग लिने छन् । भीमदत्तमा सामुदायिक र संस्थागत गरी एक सय बढी विद्यालय छन् ।

Mahendranagar

नगर अध्यक्ष चन्दले प्रतियोगितामा नगर क्षेत्रका सबै विद्यालयलाई सहभागी गराउने लक्ष्य लिइएको बताए ।

विद्यार्थीहरुलाई पठनपाठनका साथै शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि खेलकूद लगायतका अतिरिक्त क्रियाकलाप आवश्यक भएको नगर अध्यक्ष चन्दले बताए ।

‘यसबाट विद्यार्थीको अन्र्तनिहित कला कौशल बाहिर आउँछ, नगर र देशका लागि दक्ष खेलाडी उत्पादन हुन्छ’ उनले भने ।

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डबाट विद्यार्थीहरु जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट हुने छन् । सबै स्थानीय तहले आप्mनो शैक्षिक क्यालेण्डर अनुसार शिल्ड आयोजना गर्दै आएका छन् ।

प्रतियोगितामा इनडोर र आउटडोरका खेल हुने छन् । भीमदत्त नगर खेलकूद समितिले शिल्ड व्यवस्थापनका लागि विभिन्न समिति बनाएर तयारी गर्ने भएको छ ।

समितिले प्रतियोगिताका लागि सबै जिम्मेवारी बाँडफाँट गरी तयारी अघि बढाउने बताए । ‘अब शिल्डको तयारीमा लाग्छौ, त्यसका लागि समितिलृे जिम्मेवारी बाँडफाँट गरी अघि बढ्छ’ उनले भने ।

saark school
सम्बन्धित
Loading...