महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ कटानस्थित महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल) ले आइतबार ४७ औं वार्षिकोत्सव मनाएको छ । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
विद्यालय व्यवस्थापनका अध्यक्ष विरेन्द्रराज विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देबराज भट्टल शैक्षिक प्रगति प्रतिवेदन पेश गरे । कार्यक्रममा विद्यालयबाट अवकाश भएका पूर्व प्रधानाध्यापक ललित सिह साउँदलाई सम्मान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टले समय सापेक्ष प्राविधिक शिक्ष््रााका कार्यक्रम सञ्चालन गर्ने बताए । विद्यालयको शैक्षिक गुणस्तरलाई सधैं केन्द्रीत योजना गर्ने योजना अनुसार अघि बढ्ने उनको भनाई छ ।
कार्यक्रममा निवर्तमान मुख्यमन्त्री रावलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । उनले परम्परागत भन्दा आधुनिक समयसापेक्ष अनुरुप शैक्षिक कार्यक्तममा जोड दिए ।
विद्यालयका सहायक प्रधानाध्यापक सरस्वती भाट(धामी) ले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।