ghar sansar

प्याब्सन महोत्सवमा सोमबार विभिन्न खेलमा प्रतिस्पर्धा, ब्याडमिन्टन र टेबल टेनिस सकियो

Amity

महेन्द्रनगर । १२ औं प्याब्सन महोत्सव अन्र्तगत सोमबार भलिबल, कबड्डी, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबलटेनिसका खेलहरु भएका छन् ।

कबर्ड हलमा सोमबार विहानदेखि खेल सुरु गरिएका थिए । ब्याडमिन्टन र टेबल टेनिसका खेल सकिएका छन् । यी दुई खेल प्रतियोगिता उद्घाटन अघिदेखि सञ्चालन गरिएका हुन् । सोमबार ती दुबै खेलको फाइलन खेल भएका छन् । प्याब्सन महोत्सव आइतबार उद्घाटन गरिएको थियो ।

lotus institite

प्याब्सन कञ्चनपुरका सचिव राकेश बहादुर चन्दले सोमबार विहानदेखि कबड्डी, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबलटेनिसका खेलहरु भएको जानकारी दिए । त्यसमध्ये भलिबका क्वाटरफाइन सम्म खेल भएका छन् ।

कबर्ड हलमा जारी महोत्सवमा जिल्लाभरका झण्डै तीन दर्जन विद्यालयले भाग लिएका छन् । प्याब्सनले २०६६ देखि महोत्सव आयोजना गर्दै आएकोमा कोरोना महामारीका कारण २०७६ देखि रोकिएको थियो । यस वर्षदेखि फेरि महोत्सवलाई निरन्तरता दिइएको हो ।

परराष्ट्र मन्त्री एनपी साउँदले उद्घाटन गरेको महोत्सवमा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावल विशिष्ठ अतिथि थिए ।

प्याब्सनका अध्यक्ष अमराज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा महोत्सव व्यवस्थापन मूल तयारी समितिका संयोजक महादेब प्रसाद भट्टले स्वागत मन्तव्य राखेका थिए ।

बुधबारसम्म चल्ने प्रतियोगितामा विजयी विद्यालयहरुलाई शिल्ड, पदक, प्रमाण पत्र प्रदान गरिने संयोजक भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...