ghar sansar

बेलौरीमा तीन दिने दिने माघी मेला हुने, ५० हजार दर्शक सहभागी हुने आयोजकको दाबी

janjyoti campus

माधब पौडेल
बेलौरी । बेलौरी नगरपालिकमा रहेको थारू कल्याणकारीणि सभाले तीन दिने माघी मेला आयोजानको तयारी गरेको छ ।

dirhayu

बेलौरीको थारु छात्राबासमा बिहीबार पत्रकार सम्मेलन गर्दै थारु कल्याणकारीणि सभा बेलौरीले “राष्ट्रिय एकतामा विविधतामा हमार सान, थारु भाषा,सस्कृती बचैना हमार अभियान“ भन्ने मूल नारा सहित बेलौरीको खुला मञ्च माघी मेला पौष २६,२७ र २८ गते ३ दिने गर्ने भएको छ।पौष २६ गते दिन रक्तदान कार्यक्रम सहित उदघाटन गर्ने जनाएको छ ।

western public academy

कार्यक्रमको मुख्य प्रयोजक कैलालीको धनगढीमा रहेको नोभा हस्पिटल प्रा लि प्रबर्द्धन बेलौरी नगरपालिकाको कार्यालय रहेको छ ।

थारू समुदायको कला,लोक सस्कृती र भाषा साहित्यको जगेर्ना एवं प्रबर्द्धन र सरक्षणमा सहयोग पुर्याउने,थारु समुदायमा रहेका कुरुती हटाइ एकजुट भइ शिक्षित समाज निर्माणमा सहयोग पुर्याउने,थारु झाकी कला सस्कृतिहरुको समेत प्रदर्शन लगायतको उदेश्यका साथ मेला अवधीमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति माघी ,झुम्रा मुग्रुह्ववा ,हुरहुग्वा नाच तथा अन्य पुराना पुराना प्रस्तुति थारु समुदायको रहनसहन सस्कृती र भेषभुषा प्रदर्शन,थारु लेखन प्रस्तुति, थारु परिकारको मेलामा ५० हजार दर्शकहरुको कार्यक्रममा सहभागी हुने अनुमान गरिएको थारु कल्याणकारीणि सभा बेलौरीका अध्यक्ष खडक चौधरीले जानकारी दिनुभयो।मेला अवलोकनका लागि कुनै टिकट बापतको शुल्क नलाग्ने समेत आयोजकले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...