ghar sansar

संघीय शासन व्यवस्था विरुद्ध नियोजित रुपमा प्रहार : मन्त्री धामी

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले संघीय व्यवस्थाको बदनाम गर्नका लागि नियोजित रुपमा रुपमा धेरै समूह क्रियाशिल भैरहेको बताएका छन् ।

शुक्लाफाँटा नगरपालिका ८ नौखरीस्थित कृषि सहकारी संस्थाको दोश्रो साधारण सभाको उद्घाटन गदैै उनले संघीय लोकतान्त्रिक व्यवस्थामा आदीवासी जनजाती, महिला, मधेशी, मुश्लीम दलित, अपाङगता भएका व्यक्तिको अधिकार सुनिश्चित भएकाले यस व्यवस्थाको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।

,orning glory badhai

ठुलो बलिदानी पछि लोकतान्त्रीक गणतन्त्र स्थापना भएको चर्चा गर्दैै उनले सबैको अधिकारको ग्यारेण्टी संविधान अनुसार गरिएको बताए । देश व्यापी रुपमा सहाकारी बदमान भैरहेको उल्लेख गर्दै उनले अनियमियता गर्ने सञ्चालक फरार हुने निदोर्ष सहकारीका सदस्य र कर्मचारी फस्ने गरेको बताए ।

सहकारीबाट ठुलो रुपमा कर्जा लिने नतिर्ने व्यक्तिहरुका कारण सहकारी प्रतिको विश्वास घटदै जान थालेको उनको भनाई थियो ।

dirghayi clinic

घर घरमा भकारी गाउँ गाउँमा सहकारी भन्ने नारालाई चरितार्थ गर्नका लागि सहकारीमा आवद्ध सदस्यहरुले गरिवि निवारण र रोजगारी सृजना हुने कार्यका लागि लगानी गर्नु पर्ने मन्त्री धामीले बताए

सहकारीका सदस्यहरुले बचत गरेको रकमको सुरक्षा गर्दै जुन शिर्षकमा ऋण लगानी गर्नका लागि कर्जा लिएको हो, सोही क्षेत्रमा लगानी गर्नु पर्ने उनले बताए ।

साधारण सभामा मन्तव्य राख्दै संविधान सभा सदस्य हरि श्रीपालीले घरवास(होमस्टे) सञ्चालन गरी सहकारीमा आवद्ध मुक्त कमैंया परिवारको आर्थिक अबस्थामा सुधार ल्याउन सकिने बताए ।

“पर्यटकीय क्षेत्र बतासे झर्ना, मणिका धाम लगायतका क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि खान बस्नको व्यवस्था मिलाउन घरवास आवश्यक छ” उनले भने, “पूर्व पश्चिम राजमार्ग भन्दा नौखरी गाउँ नजिकै भएकाले पर्यटकलाई स्थानिय परिकार पस्केर स्वागत गर्न सकिन्छ ।”

घरवास सञ्चालन गर्न र सडक लगायतका अन्य विकास पूर्वाधारको विकासका लागि यहाँबाट फर्के पछि प्रधानमन्त्रीलाई भेटेर कुरा राख्ने उनको भनाई थियो ।

सहकारी गरिवि निवारण गर्नका लागि खोलिएको संस्था रहेको कुरामा जोड दिदै उनले सहकारीमा आवद्ध सदस्यहरुको जीविकोपार्जन, उद्यमशिलता, परम्परागत सीपमा आधारित लघुउद्योग सञ्चालन, सीपमूलक तालिम प्रदान गर्नका लागि कर्जा स्वरुप रकम परिचालन गर्नु पर्ने बताए ।

 

Himal dental
सम्बन्धित
Loading...