

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० सुकासालस्थित महेश्वर माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री एबम् प्रदेश सभा सदस्य प्रकाश रावलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रावलले विद्यालयको शैक्षिक भौतिक विकासका लागि आफू सधै प्रतिवद्ध भएको र अहिले विद्यार्थीहरुको पलायन रोक्न सरकारले ठोस कदम चाल्नु पर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द थापाको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष पदराज अवस्थी, भीमदत्त नगरपालिका १० निवर्तमान वडा अध्यक्ष प्रमानन्द जोशी, पेशागत महासंघ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भट्ट, एन प्याब्सन केन्द्रीय सल्लाहकार हिरा चन्द, भीनपा १० का वडा सदस्यहरु हर्कराज गिरी, मन्जु गिरी लगायतका सहभागी भएका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जनक प्रसाद जोशीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
पेशागत महासंघका भीनपा ५ का अध्यक्ष अवस्थी सहित पेशागत महासंघका प्रदेश अध्यक्ष भट्ट, भीनपा १० का पूर्व अध्यक्ष जोशी लगायतले शुभ कामना मन्तव्य राखे ।
कार्यक्रममा विद्यालयले विद्यालयको शैक्षिक विकासमा योगदान पुगाएको भन्दै विद्यालयका पूर्व प्रधानाध्यापक देबेन्द्र चन्द, भीनपा १० का पूर्व वडा अध्यक्ष जोशी सहित तीन जनालाई सम्मान गरेको छ ।


यसैगरी विद्यालयका शिक्षक कर्मचारीलाई सम्मान गरिएको छ । कार्यक्रममा भीनपा १० ले विद्यालयलाई खेलकूल सामाग्री हस्तान्तरण गरेको छ । विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।
तेक्वान्दोका खेलाडीले प्रदर्शन गरे । कार्यक्रममा विद्यालयले पठनपाठन सहित विभिन्न विधाका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।

विद्यालयका सह प्रधानाध्यापक हर्क बहादुर चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।


े

