ghar sansar

बैतडीमा एकीकृत सरकारी कर्मचारी संगठनको अधिवेशन आयोजक कमिटी गठन

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीमा एकीकृत सरकारी कर्मचारी संगठनको जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । बैतडी सदरमुकाम गोठलापानीमा संगठनको अगुवा संगठक भेलाबाट राम दत्त भट्टको संयोजकत्वमा प्रथम जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।

कमिटीको सचिवमा कर्ण बहादुर विष्ट र कोषाध्यक्ष कविता पन्त चयन भएका छन् । भेलाबाट गणेश बहादुर ठगुन्ना र मदन सिँह कुरँबरलाई केन्द्रीय प्रतिनिधि चयन गरिएको छ । यस अघि दार्चुलामा जिल्ला अधिवेशन आयोक कमिटी गठन गरिएको थियो ।

,orning glory badhai
dirghayi clinic

भेलामा संगठनका वरिष्ठ उपाध्यक्ष याम बहादुर खत्री, उपाध्यक्षहरु जयदेव जोशी( दार्चुले) उपाध्यक्ष नृपराज जोशी, दिनेश लमसाल, महासचिव प्रकाश राई, सचिव सचिव हरिहर गौतम, पेशगत कञ्चनपुर अध्यक्ष देवदत्त जोशी लगायत संगठनका नेताहरु सहभागी भएका छन् ।

संगठनका सचिव गौतमले स्थानीय ,प्रदेश र संघ सबै तहका कर्मचारीलाई समेटेर संगठन स्थापना गरिएको बताए । उनका अनुसार संगठनमा अस्थायी ,करार ,ज्यादारी तथा निजामती कर्मचारी सदस्य छन् ।

देशभरका १४ हजार ७ सय ५३ कर्मचारीको हस्ताक्षर सहित संगठन गठन गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...