ghar sansar

सिद्धनाथ मावि जिमुवामा सचेतना अभिवृद्धि कार्यक्रम

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा मानव बेचबिखन र बाल श्रमशोषण विरुद्ध सचेतना अभिवृद्धि कार्यक्रम गरिएको छ ।

आफन्त नेपालको आयोजनामा दश कक्षामा अध्ययनरत किशोरकिशोरी बिद्यार्थिहरुको सहभागितामा “बालश्रम सम्बन्धी बेचबिखनका केसहरूको रोकथाम र रिपोर्टिङको लागि सचेतना अभिबृद्धि कार्यक्रम” गरिएको हो ।

lotus institite

किशोर–किशोरी विद्यार्थीहरूलाई मानव बेचबिखन, ओसारपसार र बाल श्रम शोषण लगायतका विषयवस्तुहरूमा सचेत गराई बालश्रम तथा बेचबिखनको जोखिमबाट जोगाउने तथा विद्यार्थीहरूलाई मानव बेचबिखन, ओसारपसार र बाल श्रम शोषणका रिपोर्टिङ संयन्त्र र सम्बन्धित संस्थाहरुबारे जानकारी दिने उद्धेश्यले सचेतना अभिबृद्धि कार्यक्रम गरीएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

कार्यक्रममा बालश्रम, बालश्रमशोषण, स्थानागमन, बालश्रम र स्थानागमनको अन्तर सम्वन्ध, मानव बेचबिखन र ओसारपसार, मानव बेचबिखनका उद्धेश्य, मानव बेचबिखनको जोखिमका कारणहरु, मानव बेचबिखन बिरुद्ध अपराध र सजायको ब्यवस्था, मानव बेचबिखन नयाँ प्रबृतिहरु र मानव बेचबिखन र बालश्रमशोषणको जोखिम भएमा, जोखिममा परेमा रिपोर्टिंग गर्ने सयन्त्र र त्यससम्वन्धी संस्थाहरु र बाल श्रमशोषण र मानव बेचबिखन रोकथाममा बिद्यार्थिहरुको भुमिका आदी बारे जानकारी प्रदान गरिएको सचेतना अभिबृद्धि कार्यक्रमका अर्का सहजकर्ता नन्दन सिंह धामीले बताए ।

कार्यक्रममा बिद्यालयका प्रधानअध्यापक कृष्णसिंह बोहराले बिद्यार्थिको पाठ्यक्रममा मानव बेचबिखन र बालश्रम शोषण रोकथामको बिषयबष्तु संक्षिप्त रुपमा समेटिएको भएपनि सचेतना अभिबृद्धि कार्यक्रमले बिद्यार्थिहरु लाभान्तित भएको बताए ।

‘कार्यक्रमबाट बिद्यार्थिहरुमा पुनर्ताजगी भएको छ, बिषयबष्तु पुनःस्मरण भएको छ, सहभागि बिद्याथिहरुलाई लाभनै भएको छ’ उनले भने ‘बिद्यालयमा बिद्यार्थी संख्या धेरै छ, सवै अन्य कक्षाका बिद्यार्थिलाई पनि पढाईका अतिरिक्त समयमा यस प्रकारका सचेतना अभिबृद्धि कार्यक्रम फलदायि हुने बताउदै उनले भने ‘बिद्यालयको पठन पाठनमा अवरोध नहुनेगरी यस प्रकारका कार्यक्रम गर्न सकिन्छ, त्यसकालागि बिद्यालयमा आफन्त नेपाल संस्थालाई सदैव स्वागत छ’ ।

दश कक्षामा अध्यनरत ४५ जना बिद्यार्थिहरुको सहभागिता रहेको कार्यक्रममा बिद्यार्थिका अतिरिक्त, बिद्यालयका प्रधानअध्यापक कृष्णसिंह बोहरा, सामाजिक बिषयका शिक्षिका धनेश्वरी भट्ट लगायत उपस्थित कार्यक्रममा श्री सिद्धनाथ अमर माध्यमिक बिद्यालय गड्डाचौकीका शिक्षक नन्दनसिंह धामी र आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले सहजीकरण गरेका थिए ।

युनिसेफ नेपाल को आर्थिक सहयोग तथा एटविन संगको सहकार्यमा आफन्त नेपालले सञ्चालन गरिरहेको बाल श्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना अन्तरगत कार्यक्रम आयोजना गरिएको हो ।

 

Himal dental
सम्बन्धित
Loading...