

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) कञ्चनपुरले प्याब्सनको ३३ औं स्थापना दिवसमा अनाथ बालबालिकालाई भोजन खुवाएको छ ।
प्याब्सनले मंगलबार साँझ महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयका बालबालिकालाई खाना खुवाएको छ । प्याब्सनले विगतदेखि प्याब्सन स्थापना दिवसमा अनाथालयमा कार्यक्रम गर्दैै आएको छ ।



कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार हिरा चन्द, पूर्व केन्द्रीय उपाध्यक्ष दिपकराज चालिसे, प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट, प्याब्सनका पूर्व सल्लाहकार भरत बहादुर चन्द, एन प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशी, प्याब्सनका प्रमुख सल्लाहकार महाशर्मा न्यौपाने, सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द, प्याब्सन जिल्ला उपाध्यक्ष महादेब प्रसाद भट्ट, सचिव राकेश बहादुर चन्द, कोषाध्यक्ष केशवरा जोशी, प्याब्सन भीमदत्त नगर अध्यक्ष गौरीदत्त भट्ट लगायतका सहभागी भएका छन् ।

