महेन्द्रनगर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
निर्माण व्यवसायी संघ कञ्चनपुरको सभा कक्षमा भीमदत्त नगरपालिकाका सहकारी शाखा प्रमुख बिमला भाटको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।
सहकारीका अध्यक्ष पूर्ण बहादुर कुँबरको अध्यक्षतामा गरिएको कार्यक्रम सञ्चालन सचिव पुरुषोत्तम प्रसाद भट्टले गरेका थिए ।
कार्यक्रममा सहकारीका अध्यक्ष कुँबरले सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीमा झण्डै सात सय शेयर सदस्य छन् ।