सुदूरपश्चिमकै ज्येष्ठ पुनर्वास सहकारी : ३१ वर्षमा ४ सय ६२ शेयर सदस्य, ८ करोड कारोबार

किशोर तामाङ्ग
महेन्द्रनगर । सहकारीको दिगोपन स्वनियम र शुसाशन भन्ने नारा सहित पुनर्वास सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । तत्कालिन सरकारले २०३१ मा मोतीवस्तीमा बस्ती बसाएपछि सहकारी स्थापना गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा पूरानो सहकारी तत्कालिन पुनर्वास कम्पनी, योजना कार्यालयको पहल र स्थानियको सहभागितामा तत्कालिन साझा ऐन अनुसार २०३३ असोज २६ गते जिल्ला कार्यालय सहकारी शाखा कञ्चनपुरमा दर्ता भएर सञ्चालनमा आएको थियो ।

janjyoti campus

सहकारी संस्थामा हाल ४ सय ६२ शेयर सदस्य छन् । सहकारीको ३१ औ‌ साधारण सभाबाट भरत बहादुर बिष्टको अध्यक्षताम ११ सदस्यीय समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा राजु श्रेष्ठ (राजन ) जिल्ला प्रतिनिधिमा निवर्तमान अध्यक्ष पर्शुराम बिश्वकर्मा र समितिको सदस्यमा भोला कुमार श्रेष्ठ , योस्याङ तामाङ , गममाया तामाङ , खगेन्द्र ओझा , राजेन्द्र सिंह धामि , बिरबहादुर बोगटी , जयबहादुर बोहरा र बबिता श्रेष्ठ सर्वसम्मत चयन भएका छन । त्यसैगरी लेखा समितिको संयोजक मा रामचन्द्र भट्टराई , सदस्य मा देवी भट्ट र राजेश गुरूङ चयन भएका छन् ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले शुभकामना दिएका छन् । सहकारी क्षेत्र भित्र निर्माणाधीन चिस्यान केन्द्रले पुनर्वासका अधिकांश किसानको जीवनस्तरमा निकै सुधार हुने आशा पलाएको बताए ।

किसानले उत्पादन गरेका तरकारी तथा फलफूल चिस्यान केन्द्रमा स्टोर गरी उचित मूल्य मा बिक्रीवितरण गर्न पाउने तथा पुनर्वासी जनताले पनि तरकारी तथा फलफूल उपभोग गर्न पाउने शर्माले बताए ।

समाजसेवी रामचन्द्र नेपालले विभिन्न आरोह अवरोह पार गर्दै पुनर्वास सहकारी ३१ औं वर्ष पार गर्दै गर्दा संस्थाले धेरै नै प्रगति गर्न सफल भएकोमा शुभकामना व्यक्त गरेका थिए ।

पुनर्वास सहकारी संस्थासंग पुनर्वासका अधिकतम जनताहरूको भविष्य तथा सपनासंग भावनात्मक सम्बन्ध जोडिएकोले संस्थालाई अझ बलियो र पारदर्शी बनाउन सबैले भुमिका निर्वाह खेल्नु पर्ने नेपालको जिकिर थियो ।

नवनिर्वाचित समितिका अध्यक्ष भरतबहादुर बिष्टले संस्था मा आईपर्ने हरेक चुनौती को सामना गर्दै संस्थालाई नमुना सहकारीको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्था का व्यवस्थापक एक कुमार श्रेष्ठले आर्थिक बर्ष ०८०÷८१ को कुल ८ करोड ६६ लाख ४३ हजार पाँच सय बराबरको बार्षिक आयव्यय प्रस्तुत गरिएको थियो भने आगामी आर्थिक बर्ष का लागि अनुमानित रकम ९ करोड सन्तानब्बे लाख छयालीस हजार बराबरको आयव्यय प्रस्तुत गरेका थिए भने लेखा संयोजक रामचन्द्र भट्टराईले संस्था को लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आवधिक बचत कारोबार , दैनिक ऋण कारोबारमा , दैनिक बचत कारोबार , गुणस्तरीय एबं बढी परिणाममा दूध बिक्री कारोबार तथा नियमित दुध बिक्री कारोबार मा सर्वोत्कृष्ट योगदान पुर्याउने ८ जना सेयर सदस्य लाई कदर पत्र सहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

संस्था का अध्यक्ष पर्शुराम बिस्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा प्रमुख अतिथि रहेका थिए भने बिशिस्ट अतिथि मा निवर्तमान मेयर जीवनराज थापा , निवर्तमान उप मेयर शारदा बिष्ट धामि रहेकि थिईन , कार्यक्रम को अतिथिहरूमा पुनर्वास नगरपालिका सहकारी बिभाग अधिकृत धौलराम सार्की , पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझी , रेडक्रस पुनर्वास उपशाखा सभापति कृष्णबहादुर तामाङ , विभिन्न वडाका अध्यक्ष तथा सदस्य , विभिन्न सहकारी का अध्यक्ष तथा सञ्चालक सदस्य लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा संस्था कि उपाध्यक्ष मेनुका उप्रेती को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक एक कुमार श्रेष्ठले गरेका थिए।

ghar sansar
सम्बन्धित
Loading...