ghar sansar

एन प्याब्सन खेलकूद महोत्सवको तयारी पूरा, बुधबार खुला मञ्चमा उद्घाटन

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) सुदूरपश्चिम प्रदेश सचिव बीर बहादुर चन्दले बुधबारदेखि सुरु १६ औं एनप्याब्सन खेलकुद महोत्सवो सबै तयारी सकिएको बताएका छन् ।

उनले बुधबार खुला मञ्चमा भव्य रुपमा महोत्सव उद्घाटन गरिन जानकारी दिए । ‘भोलिका सबै तयारी गरिएको छ, खुला मञ्चमा भव्य रुपमा महोत्सव उद्घाटन गर्ने तयारी गरेका छौ’ उनले भने ।

,orning glory badhai

कोरोना महामारीका कारण २०७५ पछि स्थगित खेलकूद महोत्सव यस यस वर्ष पाँच वर्षपछि हुन लागेको हो । एन प्याब्सन आवद्ध पाँच दर्जन विद्यालय सहभागी हुने अपेक्षा गरिएको महोत्सवमा उद्घाटन काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गर्ने कार्यक्रम तय गरिएको छ ।

उद्घाटन समारोहमा एन प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने सहित विभिन्न क्षेत्रका व्यक्तित्व आमन्त्रण गरिएका छन् ।

एन प्याब्सनले जिल्ला अध्यक्ष झंकराज जोशीको नेतृत्वमा महोत्सव तयारी मूल समिति बनाएर तयारी गरेको हो । महोत्सवका संयोजक सचिव बलदेब भट्टका अनुसार बुधबार खुला मञ्चमा उद्घाटनपछि खेल कार्यक्रम भने कबर्ड हलमा हुने भएका छन् ।

महोत्सव तीन दिनसम्म चल्ने तालिका बनाइए पनि समय अभाव दिन थपिन सक्ने पत्रकार सम्मेलनमा मंगलबार जानकारी दिइएको थियो ।

dirghayi clinic

महोत्सवका संयोजक भट्टले बुधबार विहान खुला मञ्चमा महोत्सव उद्घाटन अघि बजार क्षेत्रमा प्रभातफेरि कार्यक्रम राखिएको छ । प्रभातफेरिमा सहभागी विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी सबै सहभागी हुने भएका छन् ।

महोत्सवमा आधारभूतदेखि माध्यमिक तह कक्षा ११ र १२ सम्मका विद्यार्थी सहभागी हुने भएका छन् । विद्यालयको तह अनुसार महोत्सवमा आधारभूत, निमावि, मावि(९–१०) र कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न खेलमा भाग लिने सक्ने छन् ।

महोत्सवमा भलिबल, एथ्लेटिक्स र इन्डोरका खेलहरु हुने जानकारी दिइएको छ । इनडोरमा ब्याडमिन्टन र टेबलटेनिका खेल राखिएका छन् । एथ्लेटिक्सतर्फ ट्रयाक र फिल्डका खेलहरु समावेश गरिएका छन् ।

आधारभूत तह (कक्षा १–५ ) सम्मका विद्यार्थीहरुका लागि फिल्डतर्फ लङ्गजम्प, ट्रयाकमा एक सय, दुई सय, सय गुणा चार रिले दौड र इन्डोर गेममा ब्याडमिन्टन र टेबलटेनिस राखिएको छ ।

आधारभूत तह(६–८ ) का लागि फिल्डमा लङ्ग जम्प, इन्डोरमा ब्याडमिन्टन र टेबलटेसिन तथा ट्रयाकमा एक सय, दुई सय, चार सय, सय गुणा चार रिले दौड राखिएको महोत्सवमा खेल तालिकामा उल्लेख गरिएको छ ।

माध्यमिक तह (कक्षा ९–१०) छात्र र छात्राका लागि समूह खेलतर्फ भलिबल सहितका खेलहरु समावेश गरिएका छन् । टेबलटेसिन र ब्याडमिन्टन सहित ट्रयाकमा एक सय, दुई सय, चार सय, सय गुणा चार, १५ सय र पाँच हजार मिटरको दौड तथा फिल्डमा लङ्ग जम्प, हाइजम्प, त्रिपल जम्प र सटफुटका खेलहरु राखिएका छन् ।

माध्यमिक तह (कक्षा ११–१२) का कक्षा ९ र १० का लागि राखिएका सबै खेल राखिएको छ । एन प्याब्सनले पत्रकार सम्मेलनमा महोत्सवको खेल तालिका सार्वजनिक गरेको हो ।

कञ्चनपुरमा एन प्याब्सामा जिल्लाभर १ सय ३५ विद्यालय आवद्ध छन् ।

Himal dental
सम्बन्धित
Loading...