ghar sansar

कलेजमै व्यापार गर्दै ब्रिक्सटनका विद्यार्थी

महेन्द्रनगर । ब्रिक्सटन कलेजमा बीबीए पहिलो सेमेस्टरमा अध्ययनरत गौरब अवस्थी काठमाडौं जाँदा नबिराई मट्का चिया पिउँछन् । काठमाडा पिउँदा हर बखतको उनको मनमा घर फर्केर मट्का चिया बनाउने सोच आउँथ्यो । उनी त्यो सोच व्यवहारमा देखाउने समयको पखाईमा थिए ।

ब्रिक्सटन कलेजमा सुरु रोजगार मेलाले अवस्थीको सोचलाई मूर्तरुप दिँदैछ । मेलामा पहिलो समेस्टरका विद्यार्थीसंग मिलेर मट्का चियाको स्टल राखेका छन् । उनी चिया घरमा सेल्समेन बनेका छन् । बिहीबार मेला उद्घाटन हुँदा अवस्थी मेनु देखाउँदै मट्का चिया खान आग्रह गरि रहेका थिए ।

‘म काठमाडौंमा जाँदा मट्का चिया खान्थे, मलाई त्यहीं बेला नि यस्तो चिया बनाउनु पर्छ भन्ने लागेको थियो, अहिले आएर चिया बनाउने मौका मिल्यो’ अवस्थीले भने,‘यो चिया अरु चिया भन्दा फरक छ, स्वादिष्ट छ र स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।’

भारतको बिहारबाट काठमाडौं पुगेको मट्का चियालाई अवस्थीले महेन्द्रनगर पुगाएका हुन् । विहार सरकारले प्लाष्टिक कप प्रतिबन्ध गरेपछि विहारमा मट्का चिया खान थालिएको थियो । मट्का चिया बनाउन अवस्थी सहित ८ जनाले स्टल राखेका हुन् ।

‘यो विहारबाट आएको हो, काठमाडांैमा छ, त्यस बाहिर अन्यत्र छैन, त्यही भएर यसको प्रवद्र्धन गर्ने उद्देश्यले यो स्टल राखेका हौ’ अवस्थीले भने ।

चिया घरमा मट्का चिया खाँदै गरेका कलेजका लेखापाल दान सिह ठगुन्नाले चियापको स्वाद नयाँ भएको बताए । ‘यो मेरो पहिलो टेस्ट हो, राम्रो फलेबर छ’ उनले भने ।

ब्रिक्सटन कलेजले विद्यार्थीहरुका लागि बिहीबारेदेखि तीन दिने रोजागर मेला सञ्चालन गरेको छ । २४ स्टल राखिएको मेलामा कलेजका पहिलोदेखि आठौं सेमेस्टरसम्मका विद्यार्थी सहभागी छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा पूर्व आर्थिक मामिला मन्त्री एबम् सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले मेलाको उद्घाटन गरे । भाँसीस्थित कलेज प्राङ्गणमा गरिएको मेलामा सुदूरपश्चिमको कला, संस्कृति झल्किनेदेखि विभिन्न खाद्यका परिकार, खेलौना, फेस पेन्टिङ्ग लगायतका दुई दर्जन स्टल राखिएका छन् ।

मेलामा विद्यार्थीहरुले खाद्यका नयाँ परिकार पनि बनाएका छन् । बीबीए चौथो सेमेस्टरका मनिसा भट्ट, रोसनी पाल्पाली र प्रकृति सापकोटाले स्पाइरल पोटेको र कर्ण डगको स्टल राखेका छन् । उनीहरुले युट्युब हेरेर यो नयाँ परिकार बनाएको बताए ।

‘हामीले एक आपशमा आइडिया शेयर ग¥यौ, केही नयाँ गर्नु पर्छ भन्ने सोच आयो, त्यसपछि हामीले युट्यु हेरेर यो नयाँ परिकार बनाएका हौ,’ भट्टले भनिन् । उनी बैंकमा जागिर गर्ने लक्ष्य लिएको बताउँछिन् ।

मेलामा पहिलो पटक खाद्य परिकार बनाएर कारोबार गर्न पाउँदा उनीहरु खुसी छन् । ‘यो पहिलो पटक हो, यसबाट हामीले पढाई सकेपछि बाहिरको फिल्डमा जाँदा र प्रतिस्पर्धा गर्दा फाइदा हुन्छ’ भट्ट भन्छिन् ।

सापकोटा भने बीबीएर पढेर बैंकमा जागिर मात्रै नखाएर आफूले पनि व्यवसाय सञ्चालन गर्दा सहयोग पुग्ने बताउँछिन् । ‘बीबीए पढेर बैंकमा मात्रै जागिर खाने भन्ने के छ र ’ उनले भनिन्‘व्यापार व्यवसाय गर्न सकिन्छ, त्यसका लागि यसबाट हामी धेरै केरा सिक्न सक्छौ ।’ कलेजको मेलाबाट आफूहरुको व्यापारिक क्षमता बढ्ने उनीहरुको भनाई छ ।

कलेजकी कविता प्वालीले तीन दिने मेलाबाट आफूहरुले व्यापार गर्ने कला सिक्ने बताइन् । बडा पाउको स्टल राखेकी उनले युट्युब च्यानल हेरेर बडा पाउ बनाएको बताइन् ।

‘च्यानल हेरेर यो बडा पाउ बनाएको हो’ उनले भनिन्,‘यसबाट कसरी बिजनेश गर्ने, मेनेजमेन्ट कसरी गर्ने, लिडरसीप गर्ने सीप सिकिन्छ ।’ पहिलो सेमेस्टरकी प्वालीले नेपाल बैंकको जागिर खाने लक्ष्य लिएकी छन् ।

बीबीए तेस्रो सेमेस्टरका सन्देश भट्ट सहितले हाम्रो चिया घर स्टल राखेका छन । मेलाबाट व्यापारिक अनुभव, ज्ञान, सीप र सञ्चार सम्बन्धि ज्ञान हासिल हुने भट्ट बताउँछन् ।

सन्देशसंगै चन्द्रा भट्ट, लक्ष्मी उपाध्यय, मधु धामी र रविन्द्र चन्द चिया घरका साझेदार छन् । उनीहरु सबै बिहीबार चिया घरमा आ आफ्नो काममा व्यस्त थिए । कलेजबाट बिउ पूजी लिएर स्टल सञ्चालन गरिएको उनको भनाई छ ।

मेलामा बीबीए पाँचौ सेमेस्टरका ममता क्षेत्री, स्नेहा लेखक र दिप्ती पाण्डेयले फेस पेन्टिङ्गको स्टल राखेकी छन् । उनीहरुले मेला उद्घाटनका प्रमुख अतिथि पूर्व मन्त्री प्रकाश रावल सहितको अनुहारमा राष्ट्रिय झण्डाको पेन्टिङ्ग बनाए ।  ‘यो फेस पेन्टिङ्ग हो, झण्डा बाहेक अरु पनि पेन्टिङ्ग बनाउँछौ तर झण्डा बनाउने नै बढी छन्’ क्षेत्रीले भनिन् ।

पूर्व मन्त्री रावल सहित कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्वले स्टल अवलोकन गरे । कार्यक्रममा मन्त्री रावलले नेपालको अर्थतन्त्रमा दलाल पूँजीवादी सबैभन्दा ठूलो समस्याको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नु पर्ने बताए ।

‘अहिले हाम्रो अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या दलाल पूँजीवादी हो, यसलाई नियन्त्रण गरी पूँजीवाँदी संस्कृति विकसित गरी समाजवादतिर जानु पर्ने आवश्यकता छ’ उनले भने ।

पूर्व मन्त्री रावलले कलेजका प्रिन्सिपल निशा भट्टको प्रशंसा गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सुधारका लागि भट्टको आश गरिएको उल्लेख गरे । अर्थशास्त्र विषयका शिक्षक भट्ट विश्वविद्यालयको सेवा आयोग उत्तीर्ण गरी उप प्राध्यापक भएकी छन् ।

‘तपाईले जसरी यो कलेजलाई यहाँसम्म पुगाउनु भो, अब त्यसैगरी विश्वविद्यालयलाई पनि अघि बढाउनु हुनेछ भन्ने आशा लिएको छु’ उनले भने,‘विश्वविद्यालयका बिकृति, विसंगति सुधारमा तपाईको भूमिका हुने आशा छ ।’

कलेज सञ्चालक समितिका अध्यक्ष डा. भोजराज पन्तले मेलाबाट विद्यार्थीहरुलाई पठनपाठनसंगै व्यवहारिक ज्ञान सीप हासिल हुने बताए ।

कलेजका प्रिन्सिपल भट्टले विद्यार्थीहरुमा उद्यमशिलता विकास र व्यवसायिक विचार ल्याउन मेला आयोजना गरिएको बताइन् । ‘यो विद्यार्थीहरुका लागि रोजगार मेलाजस्तै हो, यसबाट उद्यमशिलता विकास हुन्छ, अनि बिजिनेश आइडिया आउँछ’ उनले भनिन् ।

कलेजले विद्यार्थीहरुलाई मेला स्टल राख्न बढीमा ३७ हजारसम्म बिउ पूँजी उपलब्ध गराएको छ । मेला सकिएको १० दिनपछि बिऊ विद्यार्थी फिर्ता गर्नु पर्ने प्रिन्सिपल भट्टले बताइन् ।  मेलामा विद्यार्थीले स्थानीय खानाका परिकार सहित सूचाना प्रविधिका नयाँ स्टल पनि राखेको उनको भनाई छ ।

मेला उद्घाटन कार्यक्रममा सहभागी कञ्चनपुर उद्योग बाणिज्य संघका सदस्य कृष्ण प्रसाद पाठकले मेलाले विद्यार्थीहरुलाई व्यवसायिक ज्ञान सीप प्राप्त भएर भविष्यमा सजिलो हुने बताए ।

‘यसबाट विद्यार्थीहरुमा उद्यमशिलताको विकास हुन्छ, अहिलेदेखि व्यापार कसरी गर्ने, के के गर्ने भन्ने सबै कुरा थाह हुन्छ’ उनले भने ।

उद्घाटन कार्यक्रममा सहभागी भएर महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्ट, होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्ट, समाजसेवी लिलाध्वज वस्नेत लगायतले मेला अवलोकन गरे ।

पोखरा विश्वविद्यालयको सम्बन्धन लिएर १५ वर्ष अघि कलेज सञ्चालन गरिएको हो । कलेजको पहिलोदेखि आठौं सेमेस्टरसम्म ४ सय विद्यार्थी अध्ययनरत छन् ।

        

 

Himal dental
सम्बन्धित
Loading...