ghar sansar

प्रदेश स्थानीय सेवा गठन सञ्चालन विधेयकमा छुटेका विषय समावेश गर्न माग गर्दै भीमदत्तका मेयर उप मेयरले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशीले सुदूरपश्रिम प्रदेश स्थानीय सेवा गठन सञ्चालन सम्बन्धमा बनेको विधेयक २०८० को मस्यौदामा अध्ययन गरी छुटेका विषय समावेशका लागि मुख्यमन्त्री कमल बहादुर शाहलाई दबाव दिएका छन् ।

dirghayi clinic

उनीहरुले मुख्यमन्त्री कार्यालय पुगेर बिहीबार मुख्यमन्त्री शाहलाई मस्यौलामा छुटेका विषय समावेशका लागि ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुसंगै भीमदत्त नगरपालिकाका वन, वातावरण विपद् व्यवस्थापन शाखाका प्रमुख मनोज प्रसाद भट्ट लगायतका कर्मचारी सहभागी भएका छन् ।

,orning glory badhai

प्रदेश स्थानीय सेवा गठन सञ्ञ्चालन सम्बन्धमा बनेको विधेयक २०८० छुटेका विषय समावेशका लागि यस अघि अन्य स्थानीय तह र कर्मचारीले पनि मुख्यमन्त्रीको ध्यानाकर्षण गराई सकेका छन् ।

Himal dental
सम्बन्धित
Loading...