पुनर्वासको मोतिबस्तीमा माघी विशेष कार्यक्रम

lotus institute

पुनर्वास । ‘नयाँ पुस्तालाई प्रोत्साहन , पुराना पुस्तालाई सम्मान “ भन्ने नाराका साथ पुनर्वास नगरपालिका २ मोतीबस्तीमा नगर स्तरीय माघी महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

नगर स्तरीय भलमन्सा समितिले आयोजना गरेको उक्त कार्यक्रममा थारु समुदायको लोक संस्कृतिक र पहिरनको झल्को देखिएको छ । थारु समुदायको संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष झै यो पटक पनि को कार्यक्रमको आयोजना गरिए छ ।

morning glory

नगर भलमन्सा समितीका अध्यक्ष सुम्मन चौधरीको अध्यक्ष र नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य भएको उक्त कार्यक्रममा निवर्तमान मेयर ,उप मेयर ,वडा अध्यक्षहरु , विभिन्न राजनितीक दलका प्रतिनिधि ,शिक्षक , समाजसेवी बुद्धिजीवी लगायत सहभागी भए ।

नगर प्रमुख तोय प्रसाद शर्माले माघी पर्वको ठूलो महत्व रहेकोले पर्वलाई समुदायको अभिन्न अंगको रुपमा बुझ्नुपर्ने बताए । संस्कृति एक प्रकारको समाजिक शिक्षा हो। यस्ता अवसरले समाज अध्ययन गर्नमा सहयोग पुर्याउने बताउनुभयो ।संस्कृतिको संरक्षण गर्नु पर्ने बताउदै नगरपालिकाको तर्फबाट सहयोग गर्न तत्पर रहेने बताए ।

निवर्तमान नगर प्रमुख जीवन राज थापाले संस्कृतिक रुपमा सबैभन्दा धेरै महत्त्व बोकेको जनजाति समुदाय र त्यसमा पनि थारु समुदाय विशेष रहेको बताए ।

Mahendranagar

लामो समयको क्रान्ति त संघर्षबाट हलिया र कमैया जस्ता कुपर्थाका जन्जिर तोड्दै आफ्नो संस्कृत र पहिचान जोगाउन सफल भएको उल्लेख गर्दै थारु समुदायको उत्थानका लागि निर्वाह गरेको भुमिकाको उच्च मुल्यांकन गर्दै सम्मान प्रदान गरेकोमा कृतज्ञता रहेको बताए ।

निवर्तमान नगर उप प्रमुख शारदा बिष्ट धामिले हरेक समुदायले आ–आफ्नो संस्कृतिको सरक्षणका गर्नुपर्ने बताउदै सामाजिक सत्भाव र एकता कायम राख्न महत्त्वपूर्ण रहने बताइन् ।

माघ महिना केवल पर्वका रूपमा मात्रै सीमित नभएर समुदायको संरक्षण लागि नेतृत्व चयन पनि गरिने र थारु सम्बत अनुसार नयाँ वर्ष पनि हुने गरेको पुनर्वास नगरपालिका २ का पुर्व वडा अध्यक्ष सन्त कुमार चौधरीले बताए ।

समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान प्रदान गरेकोमा आयोजक लाई हार्दिक धन्यवाद व्यक्त गरे । कार्यक्रममा थारू समुदायको कला, लोक संस्कृती र भाषा साहित्य लगायत विभिन्न झाँकी कला संस्कृतिहरुको प्रदर्शन , प्रस्तुति गरे ।

कार्यक्रममा स्वागत मनतव्य मोतिबस्तिका भलमन्सा राम कुमार चौधरी राखे । कार्यक्रम सञ्चालन दुर्गा चौधरी र सावित्रा चौधरी गरेका थिए ।

     

saark school
सम्बन्धित
Loading...