ghar sansar

कृष्णपुरमा यातायातकर्मीलाई अभिमुखिकरण

महेन्द्रनगर । मानव बेचबिखन तथा ओसारपसार र बालश्रम शोषणका मुद्धाहरुमा कृष्णपुर नगरपालिकाका यातायातकर्मीहरुलाई बिहिबार अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

कृष्णपुर नगरपालिका स्तरमा सञ्चालनमा रहेका बस, अटो, रिक्साका श्रमिक, चालक र धनीहरूको सहभागितामा मानव बेचबिखन, बालश्रम शोषणको अवस्था र मानव बेचबिखन तथा ओसार पसार र बालश्रम शोषणका रिपोर्टिंग केशहरुमा यातायातकर्मीहरुको भुमिका बारे अभिमुखिकरण गरिएको हो ।

नगरपालिका स्तरमा रहेका बस, अटो र रिक्सा चालक र धनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार र बाल श्रम शोषण लगायतका मुद्दाहरूमा सम्बेदनशील बनाउने र मानव बेचबिखन तथा ओसारपसार र बाल श्रम शोषणका रिपोर्टिंग केशहरुमा यातायातकर्मीहरुको भुमिका बारे छलफल गर्ने तथा रिपोर्टिङ्ग प्रक्रियालाई सुदृढिकरण गर्ने उद्धेश्यले अभिमुखिकरण कार्यक्रम गरिएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

कार्यक्रममा बालश्रम, बालश्रम शोषण, स्थानागमन, बालश्रम, मानव बेचबिखन र स्थानागमनको अन्तर सम्वन्ध, मानव बेचबिखन र ओसारपसार, बेचबिखनका उद्धेश्य, बेचबिखनका कारणहरु, मानव बेचबिखन तथा ओसारपसार बाट जोगिने उपायहरु, मानव बेचबिखनका परम्परागत प्रबृति र नयाँ प्रबृतिहरु, मानव बेचबिखन र बालश्रम शोषणको रोकथामकालागि यातायातकर्मीहरुको भुमिका, बाल हेल्पलाईन सेवा, बेचबिखनको जोखिम भएमा, जोखिम अवस्थाबारे थाहा भएमा रिपोर्टिंग गर्ने सयन्त्र र त्यस सम्बन्धी संस्थाहरुको बारेमा अभिमुखिकरण गरिएको कार्यक्रमका सहजकर्ता तथा आफन्त नेपालको कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

युनिसेफ नेपाल को आर्थिक सहयोग तथा एटविन संगको सहकार्यमा आफन्त नेपालले सञ्चालन गरिरहेको बाल श्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना अन्तरगत कार्यक्रम आयोजना गरिएको हो ।

आफन्त नेपालले बालश्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना भिमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र गोदावरी नगरपालिकामा सञ्चालन गरिरहेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...