ghar sansar

सुदूरपश्चिममा माओवादी किचलो छताछुल्ल

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिममा माओवादी केन्द्रभित्रको आन्तरिक किचलो छताछुल्ल भएको छ । माओवादी केन्द्रका बहुमत सांसदले सुदूरपश्चिममा संसदीय दलको नेता फेरबदल गरेपछि पार्टीको किचलो सतहमा आएको छ । माओवादीको संसदीय दलका दलका नेता खगराज भट्टलाई हटाएर मान बहादुर धामीलाई बनाइएको हो ।

भट्टलाई हटाएर धामीलाई चयन गरिएको माओवादीबाट प्रदेश सभा सदस्य शिवसिंह ओलीले बताए। दलको नेता फर्ने निर्णयमा माओवादीका ६ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन्। प्रदेश सभामा माओवादीका सभामुखसहित ११ सदस्य छन् ।

,orning glory badhai

दलको नेता परिवर्तन गरिएको निर्णय सभामुखलाई समेत जानकारी गराइसकिएको सांसद ओलीले बताए। भट्टले दलको नेताका रुपमा संसदीय दल र पार्टीको भूमिकालाई प्रभावकारी बनाउन नसकेकाले नेतृत्व फेरबदल गर्नुपरेको उनले बताए ।

dirghayi clinic

दलको नेता चयन भएका धामीले बहुमत सदस्यले दलको नेता फेरबदलका लागि यसअघि नै केन्द्रलाई जानकारी गराएको बताए । दलको नेता र मन्त्री फेरबदलको विषयमा बिहीबारसमेत पार्टी केन्द्रलाई लिखित जानकारी गराइएको धामीले बताए ।

मन्त्री फेरबदलबारे दलको बैठकमा छलफल हुने उनले बताए । पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउनु पर्ने र दलको नेता फेर्नुपर्ने माग गर्दै सभामुख सहित माओवादीका बहुमत सांसदले केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई लिखित ध्यानाकर्षण गराएका थिए।

दलको नेता फर्ने निर्णयमा धामीसहित उपनेता अक्कल रावल, प्रदेश सभा सदस्यहरु शिवसिंह ओली, ओमबिक्रम भाट सरल, गीतादेवी माल र लक्ष्मी बिकले हस्ताक्षर गरेका छन् ।

साभार :  दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...