ghar sansar

सूर्योदय पब्लिक स्कुल र बेदकोट प्याब्सन सम्मानित

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय संगठन नेपाल(प्याब्सन) कञ्चनपुरले शुक्लाफाँटाको सूर्योदय पब्लिक स्कुल र प्याब्सन बेदकोट नगर समितिलाई सम्मान गरेको छ । प्याब्सन कञ्चनपुरको १८ औं वार्षिक साधारण सभामा सम्मान गरिएको छ ।

शुक्लाफाँटाको बन्साहस्थित सूर्योदय पब्लिकले स्कुललाई शुक्लाफाँटा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम हासिल गरेको र प्याब्सनको बेदकोट नगर समितिले १३ औ बेदकोट नगर स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता गरेको भन्दै सम्मान गरिएको छ ।

mantra hos123

साधारण सभाका प्रमुख अतिथि प्याब्सन केन्द्रीय सल्लाहका हिरा चन्दले सूर्योदयका हिमालय बहादुर चन्द र बेदकोट प्याब्सनका अध्यक्ष देबराज जोशीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रराज ओझा, केन्द्रीय सदस्य योगेन्द्र हमाल, प्रेम सिह पुजारा, प्याब्सनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित पन्त, प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाह लगायतका सहभागी भए ।

कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष ओझाले संस्कारयुक्त शिक्षा र प्याब्सन कञ्चनपुरका सह कोषाध्यक्ष अक्कल बहादुर रोकायाले टिचर प्रोफेसनल डेभलपमेन्ट सम्बन्धि मोटिभेसन कक्षा दिए ।

प्याब्सन कञ्चनपुरका सचिव राकेश बहादुर चन्दले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष महादेब प्रसाद भट्टले स्वागत मन्तव्य राखेका थिए ।

Himal dental
सम्बन्धित
Loading...