ghar sansar

सरस्वती माध्यमिक विद्यालयले मनायो ३९ औं वार्षिकोत्सव

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ११ अमरपुर स्थित सरस्वती माध्यमिक विद्यालयले शनिबार ३९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर बुढाको सभापत्विमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रण बहादुर महरा थिए । बिशिष्ट अतिथिमा नगर उप प्रमुख कल्पना पन्त थिइन् ।

वार्षिकोत्सव समारोहमा सुभकामना मन्तव्य राख्दै नगर प्रमुख महराले शिक्षाको गुणस्तर सुधार गर्नका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताए । उनले पुरानै शिक्षा पद्धति अनुसार विद्यालय सञ्चालन हुँदै आएको चर्चा गर्दै समय अनुसार शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको बताए ।

विद्यालय भौतिक पूर्वाधार आत्मनिर्भर रहेको कुरामा जोड दिदै उनले विद्यालयको फिल्ड व्यवस्थापन गर्ने कार्य संगै स्थानिय साधन स्रोत परिचालन गरी बाउन्ड्रिवाल र नाली निर्माण गर्नका लागि कार्य अघि बढाउने बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि नगर उप प्रमुख कल्पना पन्तले विद्यालय शिक्षामै लागु औषध विरुद्धको पाठयसामग्री समावेश हुनु पर्ने बताइन् । किशोर अवस्थाका बालबालिका कुलतको लतमा फस्न थालेको प्रति चिन्ता व्यक्त गर्दै उनले रोकथामका लागि अभिभावक र शिक्षकले बिशेष ध्यान दिनु आवश्यक रहेको बताइन् ।

विद्यालयको चौतर्फि विकासका लागि सक्दो पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गरिन् । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भक्तराज जोशीले विद्यार्थी भविष्यका कर्णधार भएकाले उनीहरुलाई असल संस्कार सिकाई सदमार्गमा डोरयाउने शिक्षाको आवश्यकता रहेको बताए ।

समाजसेवी टेक बहादुर भण्डारीले विद्यालयमा भौतिक पूर्वाधारको विकासका लागि नगरपालिकाले सहयोग गर्नु पर्ने बताउनु भयो । प्रद्यानाअध्यापक राजेन्द्र बहादुर ऐरले सभामा विद्यालयको शैक्षिक तथा आर्थिक बार्षिक प्रगति प्रतिवेदन पेश गरे ।

सभाका अवसरमा उत्कृष्ट शिक्षक धर्मराज जोशी, इश्वर दत्त जोशी,लक्ष्मण बहादुर बिष्ट, लक्ष्मी ऐर र कर्मचारी निर्मला अबस्थी –पन्त) लाई कार्यक्रमका प्रमुख र विशिष्ट अतिथिले संयुक्त रुपमा सम्मान गरे ।

विद्यालयका पूर्व प्रद्यानाअध्यापक दल बहादुर ऐर,बलराम जोशी, पूर्व शिक्षक राजेन्द्रप्रसाद भट्ट, हरेन्द्र बहादुर भाट, मञ्जु जोशी र केशवी कुमारी महरालाई पनि सभाका अवसरमा सम्मान गरिएको थियो ।

सभाकै अवसरमा विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सभामा विद्यार्थीहरुले विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।

सभामा स्वागत मन्तव्य विद्यालयका शिक्षक दल बहादुर ऐरले गरेका थिए । कार्यक्रम सञ्चालन शिक्षक द्वय धर्मराज जोशी र इश्वर दत्त जोशीले गरेका थिए ।

 

 

Himal dental
सम्बन्धित
Loading...