ghar sansar

गोदावरीमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिको बैठक

महेन्द्रनगर । गोदावरी नगरपालिका स्तरिय मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिको बैठक गोदावरी नगरपालिकाको सभाहलमा शुक्रबार सम्पन्न भएको छ ।

महिला बिकास अधिकृत गोदावरी खत्रीको सञ्चालन र गोदावरी नगरपालिकाका नगर प्रमुख तथा मानव बेचबिखन, ओसार पसार नियन्त्रण समितिका संयोजक बिरेन्द्र भट्ट को अध्यक्षतामा सुरु भएको बैठकमा आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र बालश्रम रोकथामकालागि आफन्त नेपालले गरिरहेका कार्यक्रमहरु र गोदावरी नगरपालिकामा मानव बेचबिखन र बालश्रम शोषणको अवस्था, नियन्त्रणकालागि देखा परेका चुनौतीहरु र समाधानका उपायबारे प्रस्तुती गरेका थिए ।

mantra hos123

कार्यक्रममा महिला बिकास अधिकृत गोदावरी खत्रीले मानव बेचबिखन र बालश्रम शोषण न्युनिकरण गर्न १२ ओटै वडामा निगरानी समुह गठन गर्नुपर्ने, आमा समुह, महिला स्वास्थ्य स्वयंमसेविका र वडा स्तरिय मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका पदाधिकारीहरुको क्षमता अभिबृद्धि गरेमा मानव बेचबिखन तथा ओसार पसार र बालश्रम शोषण नियन्त्रण गर्न सहयोग पुग्ने बताए ।

प्रमुख प्रसासकिय अधिकृत हरिदत्त भट्टले महिला बिकास शाखा र सामाजिक बिकास साँखा संगको समन्वयमा मानव बेचबिखन र बालश्रमको जोखिममा रहेका समुदायमा कार्यक्रम कार्यान्वयन गरी सचेतना र जागरुकता ल्याउनु पर्ने कुरामा जोड दिए ।

नगर उप–प्रमुख शारदा रोकायाले मानव बेचबिखन रोकथामकालागि नगरपालिकाबाट प्रयास भईरहेको बताउँदै यसमा ईलाका प्रहरी कार्यालय र आफन्त नेपाल लगायत संघसंस्थाहरुबाट सहकार्य भईरहेको उल्लेख गर्दै, मानव बेचबिखन जस्तो जघन्य अपराधका बिरुद्ध लड्न सरकारी र गैरसरकारी क्षेत्रले सक्रियता र प्रभावकारीता बढाउनु पर्ने बताए ।

बैठकमा, नगर प्रमुख बिरेन्द्र भट्टले कतिपय संघसंस्थाहरुले परियोजना क्रियाकलाप र कार्यक्षेत्र आफैले माथि बाटै निर्धारण गरि कार्यक्रम कार्यान्वयन गरिरहेकोले मानव बेचबिखन र बालश्रम शोषण रोकथामका लागि गरिएका कार्यक्रमहरु प्रभावकारी नभएको महशुस भएको बताए, उनले भने, याहाँको बस्तु स्थिति र लक्षित समुृदायको आवश्यक्ता अनुसार समुदायको सहभागितामा कार्यक्रम योजना तर्जूृमा गरी आवश्यक श्रोत परिचालन कार्यान्वयन गरेमा त्यस्ता परियोजनाबाट अपेक्षाकृत समाजमा आत्मजागरण ल्याउन सहज हुने छ ।

कार्यक्रममा, प्रशासकिय अधिकृत, शिबराज भाट, महिला बिकास निरिक्षक द्धय प्रेमा बडु जोशी, प्रभा हमाल, स्वास्थ्य शाँखा प्रमुख नवराज अवस्थी, प्राबिधिक सहायक बिष्णुराज अवस्थी, सामाजिक बिकास अधिकृत ज्ञानेन्द्र कुमार भट्ट, ईलाका प्रहरी कार्यालयका पहरी निरिक्षक बासुदेव भट्ट, प्रहरी नायव निरिक्षक गोपाल दत्त भट्ट श्री शैलेश्वरी माध्यमिक बिद्यालय बडेहाँका शिक्षक नरेन्द्रराज शर्माले मानव बेचबिखन न्युुनिरकण गर्न र बालश्रम रोकथामका सवालमा नगरपालिकाको अगुवाईमा संघसंस्थाले खेल्नुपर्ने भुमिकाका बारेमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए ।

आफन्त नेपालको समन्वयमा आयोजित बैठकमा, आफन्त नेपालले गरिरहेको कार्यक्रम बारे जानकारी दिने, गोदावरी नगरपालिकामा मानव बेचबिखन तथा बालश्रम शोषणको अवस्था, चुनौती र नियन्त्रणका उपायहरु बारे छलफल गरी तत सम्वन्धमा सरोकारवालाहरुलाई सम्वेदनशिल बनाउने बिषयमा छलफल भएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए । बैठकमा सरकारी कार्यालय र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Himal dental
सम्बन्धित
Loading...