भीमदत्तको ३ नम्बर वडा कार्यालयले दियो तिलकपुरको बैजनाथ माविका विद्यार्थीलाई न्यानो कपडा, विद्यालयलाई ल्यापटप र प्रोजेक्टर

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ ले तिलकपुरस्थित बैजनाथ माध्यमिक विद्यालय (भेटेरिनरी प्राविधिक) का विद्यार्थीलाई न्यानो कपडा (ट्रयाक सुट ) वितरण गरेको छ । विद्यालयमा कार्यक्रम गरी कपडा वितरण गरिएको छ ।

वडा अध्यक्ष गगन सिह धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्तका मेयर पदम बोगटी प्रमुख अतिथि थिए । मेयर बोगटीका स्वर्गिय बुवा भवान सिह बोगटीको पहलमा विद्यालय स्थापना गरिएको थियो ।

वडा कार्यालयले सरकारी विद्यालयका लागि “ पोशाक (ट्रयाक सुट ) वितरण कार्यक्रम अन्र्तगत बैजनाथ माविका विद्यार्थीलाई कपडा वितरण गरेको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर विष्ट र प्रधानाध्यापक मदन बहादुर विष्ट विशिष्ठ अतिथि थिए । कार्यक्रममा वडा सदस्यहरु मिना कुवर, आशा विक र वीर बहादुर महता सहभागी भए ।

वडा सचिव मीन बहादुर बिष्टले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य कुँबरले स्वागत मन्तव्य राखेकी थिइन् । विद्यार्थीहरुलाई ३ सय ६६ थान ट्रयाकसुट वितरण गरिएको छ । यसैगरी विद्यालयलाई ल्यापटप, ई हाजिरी र प्रोजेक्टर हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्टले वडा कार्यालयलाई सहयोगका लागि धन्यवाद दिए ।

सम्बन्धित
Loading...