महेन्द्रनगर । बेदकोट नगरपालिका ७ मा आँखा शिविर सञ्चालन गरिएको छ । बेदकोट नगरपालिकाले च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र धनगढी नेत्रालय प्रा.लि. आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको छ ।
शिविरमा ३ सय ३९ जनाले आँखा जाँच गराएका छन् । यसैगरी ४८ जनाको शल्यक्रियाका लागि सिफारिश गरिएको छ । शिविरमा आँखा जाँच गरिएकामध्ये ९३ जनालाई चश्मा वितरण गरिएको छ । त्यस बाहेक बाँकीलाई औषधि वितरण गरिएको छ ।
बेदकोट नगरपालिका वडा नं.७ का अध्यक्ष थानेश्वर प्रसाद भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि थिए । शिविरमा डा.गोकर्ण भट्ट, पुजन चापागाई र गोपाल ठगुन्नाले आँखा जाँच गरे ।