ghar sansar

निङ्गलाशैनी सहकारीको अर्ध बार्षिक समीक्षा गोष्ठी सम्पन्न

khasi

महेन्द्रनगर । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को अद्र्ध बार्षिक समिक्षा गोष्ठी सोमबार सम्पन्न भएको
छ । सहकारी संस्थाका अध्यक्ष डम्बर दत्त भट्टको सभापतित्वमा गरिएको गोष्ठीमा राष्ट्रिय सहकारी महासंघ लि. नेपालका सञ्चालक माधव प्रसाद जोशी प्रमुख अतिथि थिए ।

संस्थाका केन्द्रिय कार्यालय लगायत चार वटा केन्द्रबाट सञ्चालन भएको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.मा एघार हजार भन्दा बढि सदस्य आवद्ध रहेको संस्थाले आफ्नो छ महिनाको लक्ष्य तथा प्रगति बारे समिक्षा गरेको छ ।

Anant bahu travels

dirghayi clinic

संस्थाका प्रबन्धक बविता चन्द बम द्धारा संचालित कार्यक्रममा निक्षेप संकलनमा ९५ प्रतिसत, ऋण असुली ७५ प्रतिसत, ब्याज आम्दानी ७० प्रतिसत, सदस्यता वृद्धि ४० प्रतिशत वृद्धि भएको संस्थाका उपाध्यक्ष पवन चन्द्र लेखकले बताए ।

गेष्ठीमा कर्मचारीहरुको अनुशासन, सदस्यहरु संग सम्वादको निरन्तरता, सहकारी शिक्षा र वित्तिय साक्षरतामा वृद्धि गर्ने, वडास्तरमा कृषि समुह, आमा समुह संग अन्तरक्रिया गर्ने र विद्यालयका बाल बालिका लाई सहभागि गराई सहकारी बाल क्लब गठन गर्ने लगायतका कार्यमा तिव्रता दिने कुरामा जोड दिएको संस्थाका कार्यकारी प्रमुख प्रेम सिंह भाटले बताए ।

गोष्ठिमा संस्थाका लेखा समिति संयोजक दुर्गा दत्त भट्ट, नन्दराम भाट, भावना बोहरा, गणेश प्रसाद भट्ट, नरेन्द्र बहादुर चन्द लगायतले आ आफ्नो मन्तव्य राख्दै निङ्गलाशैनीले छोटो समयमा सफलता प्राप्त गरेको र जन विश्वास लिएकोले बचत ऋण , मलखाद, कष्टम हायरिङ्ग लगायत काम गरि रहेको र आगामी दिनमा सहकारीका सदस्यहरुले उत्पादन गरेको सेवा तथा वस्तुको बजारिकरणमा जोड दिनु पर्नेमा जोड दिए ।

 

Himal dental
सम्बन्धित
Loading...