महेन्द्रनगर । कञ्चनपुरमा काँग्रेसको समुदायमा काँग्रेस अभियान सुरु भएको छ । कञ्चनपुरमा अभियानका लागि केन्द्रीय सदस्य सुशिला मिश्र भट्टलाई जिम्मेवारी दिइएको छ ।
काँग्रेस केन्द्रीय समितिले भट्टलाई तीन ओटै निर्वाचन क्षेत्र र प्रदेश समितिले नेताहरुलाई वडा स्तरमा परिचालनका लागि जिम्मेवारी दिएको छ । काँगेस केन्द्रीय सदस्य भट्टले कञ्चनपुरमा अभियान सुरु भएको बताइन् ।
केन्द्रीय सदस्य मिश्र सहितका नेताहरु अभियानका लागि परिचालन भएका छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले निर्वाचन क्षेत्र नं. ३ (क) मा दिवाकर पाण्डेय, ३(ख) कृष्णप्रसाद पाठक, निर्वाचन क्षेत्र नं.२(क) प्रभा भट्ट, २(ख) ज्ञानेन्द्र बहादुर सिंह, निर्वाचन क्षेत्र नं. १(क) कृष्णबहादुर तामाङ र १(ख) चमेली तामाङलाई प्रतिनिधि तोकेर जिम्मेवारी दिएको छ ।
उनीहरुले जिल्लाभर सबै वडामा अभियान अन्र्तगत विभिन्न कार्यक्रम गर्ने जिम्मेवारी दिइएको छ ।