भलिबलका राष्ट्रिय प्रशिक्षक भट्ट र सेनाका जर्नेल थापालाई सम्मान

महेन्द्रनगर । सुदूरपश्चिम खेलकूद परिषद्ले नेपाली सेनाका सहायक रथी मनोज थापा र भलिबलका मुख्य प्रशिक्षक जगदिश प्रशाद भट्टलाई सम्मान गरेको छ । खुला मञ्चमा आयोजित तेस्रो मुख्यमन्त्र कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापनमा उनीहरु दुबै जनालाई सम्मान गरिएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथि पूर्व उप प्रधान मन्त्री भीम बहादुर रावलले दुबै जनालाई सम्मान पत्र प्रदान गरे । भलिबलका मुख्य प्रशिक्षक भट्टलाई खेलाडी र प्रशिक्षक दुबै भूमिका रहेका भलिबल खेलको विकास र प्रर्वद्धन गरेको तथा तथा सहायक रथी थापालाई भलिबल खेलका प्रतियोगिता आयोजनाका लागि निरन्तर साथ सहयोग गरेको भन्दै सम्मान गरिएको छ ।

janjyoti campus

सहायक रथी थापा सेनाको भगतपुरस्थित नं. २५ बाहिनीका बाहिनीपति हुन् । तेस्रो मुख्यमन्त्री कप आयोजनाका लागि सहयोग गरेको थापाले यस अघि महाकाली नदी किनारमा गरिएको बिच भबिलल प्रतियोगितामा पनि सहयोग गरेका थिए ।

भीमदत्त नगरपालिका १५ गोबरैयाका भट्ट १५ वर्षको उमेरमा जनकपुरमा महाकाली अञ्चलबाट राष्ट्रिय प्रतियोगि खेलेर तीन दशकदेखि निरन्तर भबिललमा छन् ।

नेपाली महिला भलिबल टीमका प्रशिक्षक भट्टले पहिलो पटक नेपाललाई अन्तर्राष्ट्रिय पदक जिताएका थिए । भट्टले १८ वर्षसम्म विभिन्न राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

ghar sansar
सम्बन्धित
Loading...