मुख्यमन्त्री कप सकिएपछि फेसबुक दोहोरी सुरु

महेन्द्रनगर । तेस्रो मुख्यमन्त्री भलिबल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सकिएपछि नेपाल भलिबल संघका पदाधिकारी र विद्यार्थी नेताबीच फेसबुक दोहोरी सुरु भएको छ ।

भलिबल संघका केन्द्रीय उपाध्यक्ष हरक सिह धामीले प्रतियोगिता समापनपछि फेसबुकमा पत्रकार र विद्यार्थीलाई लक्षित गरी स्टेटश लेखेपछि त्यसको जवाफ विद्यार्थी नेताले फेसबुकमा दिएका छन् ।

सत्तारुढ माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका कञ्चनपुर संयोजक भुवन विष्टले एक हिउँदे मात्रै जाडो नजाने भन्दै फेसबुकमा उपाध्यक्ष धामीलाई जवाफ फर्काएका छन् ।

सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थानमा प्रतियोगिता गरेको हो । प्रतियोगितामा भलिबल संघले लगाएको टिकट खारेजीको माग गर्दै विद्यार्थी संगठनले दबाव दिएका थिए ।

सम्बन्धित
Loading...